काठमाडौं । पछिल्लो समय संगीत क्षेत्रमा विभिन्न किसिमका तरङ्गहरु पैदा भइरहेका छन । बजारमा आइरहेका केही गीतले संगीतप्रेमी दर्शक चिन्तित छन भने केही संगीतले उत्साहित छन् । यस्तै दर्शकलाई उत्साहित बनाउने एउटा संगित कोसेली ‘हेर बरै’ नवराज घोरासैनी युटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।
सिन्धुपाल्चोककी मनिषा घोरासैनी र आशा लामाको आवाजमा तयार भएको उक्त गीत हरितालिका तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको हो । नवराज घोरासैनीको लय साथै रेसम सापकोटाको शब्दद्वारा निर्माण भएको गीतको भिडियो सामग्रीमा मनिषा घोरासैनी, महेश उपाध्याय, जेनी क्विन, सोनिका, सपना, सुष्मा, विष्णु, सुजी, गुरुप्रसाद आचार्य, अम्बिका ढुंगाना, सीता घिमिरे, कल्पना राउत, मिना बनार, उर्मिला भण्डारी, सिर्जना राउत, पूजा राउत, सीता घिमिरे नेपाल, राधा दाहाल, लक्ष्मी दाहाल, मिना चौलागाईं लगायतका कलाकारहरुको अभिनय रहेको छ भने भिडियोलाई मिलन श्रेष्ठले निर्देशन छन ।
वर्तमान समयमा समाजमा रहेका पारिवारिक कथावस्तुमा आधारित भएर तयार गरिएको यो गीत मनिषाको पहिलो तीज गित हो । सानै उमेरबाट लोकसंगीत क्षेत्रमा योगदान पुर्याउँदै आफ्नो छुट्टै पहिचान बनाउन सफल मनिषाले ‘हेर बरै’ गीतमार्फत पनि दर्शकको अपार माया पाएकी छिन ।
‘मेरो स्वरमा यो तीजको पहिलो कोसेली हो । आफूले गर्नसक्ने मेहनतका साथ तयार पारिएको गीत र गीतको भिडियोलाई धेरै दर्शकहरुमार्फत सकारात्मक प्रतिक्रिया पाइरहँदा बेग्लै अनुभुति प्राप्त भएको छ’, उनले भनिन् ।