Techie IT
Monday, April 21, 2025 | आईतबार, वैशाख ८, २०८२
२०८२ वैशाख ८, आईतबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रभोटेकोशीका नागरिक बाढीको त्रासमा, गाउँपालिका अध्यक्षसहितका प्रतिनिधि युरोप सयरमा

भोटेकोशीका नागरिक बाढीको त्रासमा, गाउँपालिका अध्यक्षसहितका प्रतिनिधि युरोप सयरमा


सिन्धुपाल्चोक । अचेल सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका नागरिक अत्यन्त त्रासमा बाँचिरहेका छन् । बाढी तथा पहिरोको उच्च जोखिममा रहेका यहाँका नागरिकलाई अचेल आकाशमा बादल मडारिँदा पनि डर लाग्छ । बेलुका सुतेपछि बिहान नहुन्जेलसम्म पनि बाढी र पहिरोको चिन्ताले नै सताउँछ ।

अझ सरकारले केही दिन भारी वर्षा हुने र सावधानी अपनाउनुपर्ने बताएदेखि यहाँका नागरिकमा झन् त्रास र बेचैनी बढेको छ । जोखिम बढेकै कारण गृह मन्त्रालयले एक सूचना जारी गरी बाढी तथा पहिरो प्रभावित जिल्लासंगै ७७ वटै जिल्लाका सिडिओलाई जिल्ला छाडेर बाहिर नजानसमेत निर्देशन दिइसकेको छ ।

तर विगतमा पनि बाढीले बितण्डा मच्चाएको र अझै पनि उच्च जोखिममा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधि भने अहिले युरोप भ्रमणमा मस्त छ । नागरिकको गाह्रो–साह्रोमा सँगै हुनुपर्ने जनप्रतिनिधिहरुले अप्ठेरो परेकै बेला साथ छाडेको भन्दै यहाँका स्थानीय आक्रोशित भएका छन् ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा, एक नम्बर वडाका वडा अध्यक्ष राजु लामा र दुई नम्बर वडाका वडाध्यक्ष कुमार श्रेष्ठलगायतको टोली युरोप भ्रमणमा मस्त छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै

सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर

हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न

काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा

कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा

काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने

चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको…

काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं

Techie IT