Techie IT
२०८१ मंसीर ८, शनिबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रबिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल

बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल


काठमाडौं । बिआरआईका कारण कांग्रेस–एमालेको वर्तमान सत्तागठबन्धनमा गडबड आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता गठबन्धनमा गडबड आएको हो ।

बिआरआईको विषय यति धेरै पेचिलो बनेको छ कि, यसले सरकार पुनर्गठनको चर्चालाई सरकार परिवर्तनको सम्भावनासम्म धकेलेको छ । खासगरी कांग्रेसले बिआरआई परियोजनाअन्तर्गत नेपालले अनुदान लिन सक्ने तर ऋण लिनु नहुने अडानमा लिइरहेको छ भने एमाले दुवै सकार्ने पक्षमा छ ।

यसकारण दुई दलबीच चुलिएको विवादले कुन रुप लिन्छ भन्ने अन्योल बढेको छ । खासमा नेपाल र चीनले सन् २०१७ मा हस्ताक्षर गरेको बीआरआई समझदारीपत्र अहिलेसम्म गोप्य छ । यसबीचमा नेपालमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादीको नेतृत्वमा पटक–पटक सरकार बने, तर समझदारीपत्रका विषयवस्तु सार्वजनिक गर्न कसैले प्राथमिकता दिएका छैनन् ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको संघारमा बीआरआईको विषय चासो र चर्चाको केन्द्रमा छ । भ्रमणका अवसरमा चीनले ‘बीआरआई कार्यान्वयन योजना’ मा हस्ताक्षर गर्न चाहेको छ । बीआरआईको समझदारीपत्र सार्वजनिक गर्न संसदीय समितिले पहल नगरेको भने होइन । त्यस्तै चीनले नेपाललाई पठाएको बीआरआई कार्यान्वयन योजना सम्झौताको चार पृष्ठ लामो मस्यौदा पनि अहिलेसम्म सार्वजनिक भएको छैन ।

राजनीतिक दलहरू भने बीआरआईअन्तर्गत ऋण वा अनुदान लिने वा अन्य कुनै व्यवस्थामा जाने भन्ने बहसमा छन् । कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षरका लागि चीनले लामो समयदेखि नेपाललाई ताकेता गर्दै आएको छ । काठमाडौंमा गत असार ११ मा भएको १६ औं परराष्ट्र सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा ‘बीआरआई कार्यक्रम कार्यान्वयन योजना’ को उल्झन फुकाउने गृहकार्य गरिएको थियो । तर, आफ्नै पार्टीका नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको परराष्ट्र मन्त्रालयले पठाएको प्रस्तावलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले रोकेका थिए ।

त्यसबेला माओवादी र कांग्रेसको सरकार थियो । त्यसअघि सन् २०२३ सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री दाहालको चीन भ्रमणका बेला ‘बीआरआई कार्यक्रम कार्यान्वयन योजना’ लाई टुंगो लगाउने तयारी थियो । तर, तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले उक्त दस्ताबेज तयार गर्न दुई मुलुकका योजना आयोगहरूबीचमा छलफल हुनुपर्ने भनेपछि सम्झौता प्रक्रिया अवरुद्ध भयो । दाहालको भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा दुई मुलुकले छिट्टै बीआरआई कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्ने उल्लेख थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु)

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको

यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ?

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः

प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी

पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ ।

जनआस्थालाई जिबीको जिमेल, भन्छन्– रविले मबाट करोडौं लगे, अनि मलाई…

काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले एउटा सञ्चारमाध्यममा जिमेल गरेर ‘आफूले रविलाई करोडौं दिएको र पछि आफैंलाई फसाएको’

उत्प्रेरणात्मक कक्षामा अभिनेत्री स्वस्तिमाले सुनाइन् अनुभव र संघर्षका कुरा

काठमाडौं । ‘तपाईंले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही

दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैनः यातायात मन्त्रालय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैंअघि सञ्चालन हुने सम्भावना नरहेको भन्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत

Techie IT