काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले एउटा सञ्चारमाध्यममा जिमेल गरेर ‘आफूले रविलाई करोडौं दिएको र पछि आफैंलाई फसाएको’ गुनासो गरेका छन् । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले सार्वजनिक गरेको उक्त जिमेलमा जिबीले यस्तो गुनासो गरेका हुन् ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त जिमेल अंश भनिएको छ– ‘केहीपछि तपाईंलाई गार्हो हुन्छ, मेरो नाम पनि जोडिन्छ । टिभी नै अरुको नाममा राखौँ भनेर युवराज कडेँलको नाम ल्याए । मैले विश्वास नगरेपपछि खनियाँ थरका ब्यक्तिको नाम अरु कोहीमार्फत ल्याए ।
उप निर्वाचनको बेला अमेरिकामा रहेका मोहन थापालाई ५ करोड हुन्डी गर्न लगाए । पछी पनि कहिले अमेरिकामा रहेका उनै खनियाँ थरका ब्यक्तीलाई त कहिले मोहनलाई पैसा पठाउन भन्थे । खनिया थरका ब्यक्तीले पैसा लिन सधैँ नकारे पनि रवि अघिल्लो गृहमन्त्री रहुन्जेल करिब १२ करोड मैले मोहनलाई पार्टिको लागी भनेर सहयोग पठाएँ । जापानमा डिपीका अर्का अर्याल थरकै ब्यक्तीलाई पनि ३ करोड पठाएँ ।
मोहनले रबी पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे । र,केही रकम रबीका अर्का सहयोगी बिपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन ।’ श्रेष्ठले इमेलको आधिकारिताबारे अन्वेषण भइरहेको पनि बताएका छन् ।