गृहपृष्ठ ∕ समाचारपत्र ∕ तुइन र फड्केले जोडियो नाका तातोपानी तुइन र फड्केले जोडियो नाका तातोपानी स्वर्णपत्र शुक्रबार, २०८१ असोज १८ गते, १२:३१ मा प्रकाशित समाचारपत्र काठमाडौं । पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ । अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको थियो । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज थियो । उक्त बेलिब्रिजले सीमा गाउँ लिपिङ जोडिएको थियो । त्यही बेलिब्रिज भोटेकोशीले बगाएपछि सीमाक्षेत्रलाई राजधानीसँग जोड्ने सडक सम्पर्क टुटेको हो । लिपिङ खोला उर्लिँदा लिपिङ र कोदारी जोड्ने पुलको भाग ध्वस्त पारेको छ । राजमार्गको क्षतिग्रस्त खण्डमा मर्मत थालिएको छ । यसअघि गाउँपालिकासँग भएका पुरानो तुइन अहिले प्रयोगमा ल्याइएको र बाँस, फलामे पोल राखेर फड्के बनाइएको हो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अनुसार दसैँको सामग्री बोकेका चार सय कन्टेनर चीनको खासा, न्यालममा अड्किएका छन् भने लार्चामा बेलिब्रिज नहुँदा १ सय ५० कन्टेनर तातोपानी सुक्खा बन्दरगाह तथा भन्सारमा अड्किएका छन् । #तातोपानी नाका तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार झापामा दुई युवतीसँग रात बिताएका एक पुरुषको होटलकै कोठामा मृत्यु काठमाडौं । दमकको बसपार्कस्थित मिलन होटेल एन्ड लजमा दुई युवतीसंग रात बिताएका एक पुरुष बिहीबार बिहान मृत फेला परेका छन् कमल थापा भन्छन्- राज्यले रवि लामिछानेमाथि पक्षपात गर्यो काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति राज्यले पक्षपात गरेको बताएका तोलामै १७ सयले घट्यो सुनको भाउ काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कुलमानलाई प्राधिकरणबाट हटाउँदै सरकार काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउने भएको छ । स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले कुलमान पाँच महिनामा सरकारको पुँजीगत खर्च ११ प्रतिशत मात्रै काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को सुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन्… काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गको कसुरमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको छ लोकप्रिय १ सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका अर्धपत्रकार २ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ३ यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? ४ बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित) ५ घुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन ६ पार्टीले पर्याप्त साथ नदिएको रवि लामिछानेको गुनासो, नेताहरु फरक-फरक कित्तामा उभिएपछि कार्यकर्ता अन्योलमा ७ नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि सुरुङ खन्नेसम्म