Techie IT
Wednesday, March 12, 2025 | बुधबार, फागुन २८, २०८१
२०८१ फागुन २८, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रनगरप्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा कागेश्वरी मनोहरामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना

नगरप्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा कागेश्वरी मनोहरामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा युवाहरूको करिअर विकासलाई लक्षित गरी वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना गरिएको छ। आइतबार एक विशेष कार्यक्रमका बीच नगरप्रमुख उपेन्द्र कार्कीले केन्द्रको उद्घाटन गरेका हुन् ।

नगरप्रमुख कार्कीले शिक्षा र स्वास्थ्य कुनै पनि समुदायको मेरुदण्ड भएको बताउँदै, वृत्ति मार्गनिर्देशन सेवा एक नयाँ अभ्यास भएको र स्विस सरकारको सहयोगमा सञ्चालन गरिएको प्रभावकारी विधि भएको उल्लेख गरे । उनले नगरपालिकाले यस सेवालाई व्यवस्थित रूपमा अगाडि बढाउने प्रतिबद्धता पनि जनाए ।

विद्यार्थी र युवाका लागि मार्गनिर्देशन सेवा

यस केन्द्रमार्फत नगरभित्रका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू तथा अन्य युवाहरूलाई व्यक्तिगत तथा सामूहिक परामर्श प्रदान गरिनेछ। नगरप्रमुख कार्कीका अनुसार सहज रूपमा शिक्षा प्राप्त गरे पनि करिअर विकास भने चुनौतीपूर्ण भइरहेको बेला, वृत्ति मार्गनिर्देशन सेवा युवाहरूका लागि अन्धकारमा उज्यालो किरणसरह प्रभावकारी बन्न सक्छ।

परियोजनामा मनोविज्ञानमा दक्ष परामर्शदाता तथा मार्गनिर्देशन सहजकर्ताहरूले युवाहरूलाई आवश्यक परामर्श प्रदान गर्नेछन्। साथै, डिजिटल प्रविधिको प्रयोग गरी विद्यार्थीहरूको योग्यता परीक्षण गरिनेछ, जसका आधारमा उनीहरूको रुचि, क्षमता तथा श्रम बजारको मागअनुसार सम्भावित करिअर पहिचान गरिनेछ।

शिक्षकहरूको भूमिका महत्वपूर्ण

कार्यक्रममा नगरपालिकाभित्रका विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उपस्थिति रहेको थियो। शिक्षालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई वृत्ति मार्गनिर्देशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पुस्प ढकालका अनुसार नेपालमा अझै पनि विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना बलियो रहेको र त्यसका कारण सही वृत्ति मार्ग पहिचान गर्न कठिनाइ हुने भएकाले वृत्ति मार्गनिर्देशन सेवा अत्यन्त लाभदायक हुनसक्नेछ। साथै, उनले प्रयोगात्मक ज्ञानलाई प्राथमिकता दिँदै डिजिटल कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता जनाए ।

गुणस्तरीय शिक्षा र रोजगारीमुखी कार्यक्रम

नगरपालिकाले शिक्षालाई गुणस्तरीय बनाउन तथा युवाहरूलाई रोजगारीमुखी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ। तथ्यांकमा आधारित निर्णय प्रक्रिया अपनाउँदै, डिजिटल प्रविधिको सहायताले युवा लक्षित कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने नगरपालिकाको योजना रहेको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

चलायमान सिन्धु एमाले, दुई दिनमा चार जनसंगठनको अधिवेशन

चौतारा । सिन्धुपाल्चोकमा नेकपा -एमाले_निकट चार वटा जनसंगठनले नयाँ नेतृतव पाएको छ । शुक्रबार र शनिबार दुई दिनमा चार संगठनको

अनेमसंघ सिन्धुपाचोकको अध्यक्षमा कल्याणी, सचिवमा रश्मी निर्वाचित

काठमाडौं । नेकपा एमालेनिकट महिला संगठन अनेमसंघ सिन्धुपाल्चोकको अध्यक्षमा कल्याणी नेपाल निर्वाचित भएकी छन् । शुक्रबार खाडिचौरमा सम्पन्न अधिवेशनले नेपालको

सुरु भयो बजेट लेखन, करिब १९ खर्बको बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन सुरु गरेको छ। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि करिब

बनेपाको होटल भ्यू पाहुना घरमा भेटियो युवतीको शव, हत्याको शंका

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एक महिला मृत भेटिएकी छन् । बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा

सुख्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको

खरीपाटीमा एकदिने स्वास्थ्य शिविर, दुई सयभन्दा बढी स्थानीय लाभान्वित

काठमाडौं । पाकिस्तान–नेपाल फ्रेण्डसीप कल्चरल एशोसियनले भक्तपुरको चागुँनारायण नगरपालिकास्थित खरिपाटीमा एकदिने स्वस्थ्य शिविर सम्पन्न गरेको छ । खरिपाटीस्थित कृष्ण उच्च

Techie IT