Techie IT
Friday, February 21, 2025 | शुक्रबार, फागुन ९, २०८१
२०८१ फागुन ९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रहेलम्बुमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, दुई सयभन्दा बढीले लिए सेवा

हेलम्बुमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, दुई सयभन्दा बढीले लिए सेवा


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा शनिबार भएको ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’बाट करिब २ सय २० स्थानीयवासीले सेवा लिएका गाउँपालिकाले जनाएको छ ।

हेलम्बु गाउँपालिकाको सहयोग तथा धन्वन्तरी आयुर्विज्ञान संस्थान, अन्नपूर्ण टाइम्स र मदन भण्डारी मेमोरियल कलेजको संयुक्त आयोजनामा भएको शिविरको उद्घाटन शनिबार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो र वडा नम्बर ७ का अध्यक्ष निलबहादुर खड्काले आफ्नो स्वास्थ जाँचसँगै गरेका थिए ।

हेलम्बु–७, महाङ्कालस्थित स्वास्थ्य चौकीमा भएको शिविरका लागि काठमाडौंबाट एक विशेषज्ञ एमडीसहित १० बीएएमएस डाक्टर, एक फिजियोथेरापिस्ट र एक डाक्टर जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट पुगेका थिए । कार्यक्रम संयोजक डा. सुष्मा साउदका अनुसार, शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि विभिन्न रोग, जस्तै हाडजोर्नी, नशा, पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक, पायल्स, फिसर, फिस्टुला, महिनावारी गडबडीसहित विभिन्न रोगको परीक्षण तथा परामर्श प्रदान गरिएको थियो ।

उपचारका लागि आउने धेरैजसो बिरामी हाडजोर्नी र नशाको समस्या लिएर आएका उनले बताइन् । शिविरमा खानपान, जीवनशैली, योग र आरोग्यबारे जनचेतनामूलक सन्देशहरू पनि प्रवाह गरिएको थियो । वडाध्यक्ष निलबहादुर खड्काले स्वास्थ्य शिविरबाट २ सय २० जनाले सेवा लिएको जानकारी दिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सबै क्याम्पसमा चुनाव जित्ने सिन्धुपाल्चोक अनेरास्ववियुको दाबी

सिन्धुपाल्चोक । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सिन्धुपाल्चोकका सबै क्याम्पसमा जित हासिल गर्नेगरी अघि बढेको अनेरास्ववियुले जनाएको छ । जसका

युवा संघ मेलम्चीको अध्यक्षमा कुमार तामाङ निर्वाचित, यस्तो बन्यो टीम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्भी नगरपालिकाको युवा संघ अध्यक्षमा कुमार तामाङ निर्वाचित भएका छन् । नेकपा एमालेको भ्रात्री संगठन युवा संघको

ड्युटीमा खटिएका एक प्रहरीमाथि चक्कु प्रहार, एकजना पक्राउ

काठमाडौं । कैलालीको धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी

घरविहीन पुण्यबहादुरको छानो बन्यो बाह्रविसे एमाले, नेता निमफुन्जो शेर्पाले गरे…

सिन्धुपाल्चाेक । बाह्रविसे– ७ घुम्थाङका पुण्यबहादुर गुरुङले करिब एक दशक त्रिपालमुनि रात कटाए । बृद्ध वयका गुरुङ दम्पतीले भदौरे भेलसँगै

खोटाङबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, आमा–छोरासहित तीन जनाको मृत्यु

काठमाडौं । खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका

भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ?

सिन्धुपाल्चोक । नेकपा एमाले भोटेकोशी गाउँपालिका नेतृत्वको जिम्मा सुन्तलीमाया श्रेष्ठको काँधमा आएको छ । हालै सम्पन्न गाउँ अधिवेशनले सुन्तलीको अध्यक्षतामा

Techie IT