Techie IT
Wednesday, February 5, 2025 | बुधबार, माघ २३, २०८१
२०८१ माघ २३, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रघरविहीन पुण्यबहादुरको छानो बन्यो बाह्रविसे एमाले, नेता निमफुन्जो शेर्पाले गरे घर हस्तान्तरण

घरविहीन पुण्यबहादुरको छानो बन्यो बाह्रविसे एमाले, नेता निमफुन्जो शेर्पाले गरे घर हस्तान्तरण


सिन्धुपाल्चाेक । बाह्रविसे– ७ घुम्थाङका पुण्यबहादुर गुरुङले करिब एक दशक त्रिपालमुनि रात कटाए । बृद्ध वयका गुरुङ दम्पतीले भदौरे भेलसँगै पुस–माघको जाडो पनि त्रिपालमुनिनै कठ्याङ्ग्रिएर बिताए ।

लामो समय भारत बसेर २०७२ सालको विनाशकारी भूकम्पपछि जन्मथलो सम्झेर गाउँ फर्किएका पुण्यबहादुर अब घरविहीन छैनन् । किनकि, उनलाई नेकपा एमालेको बाह्रविसे नगर कमिटीअन्तर्गतको घुम्थाङ गाउँ कमिटीले पक्की घर बनाइदिएको छ । गाउँ कमिटीको पहलमा बनेको उक्त घरलाई शुक्रबार एक समारोहबीच पुण्यबहादुरलाई हस्तान्तरण गरिएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् बाह्रविसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पाबाट नवनिर्मित घरको चावी पाउँदै गर्दा पुण्यबहादुरको मुहारमा छाएको खुसी अवर्णनीय थियो । यसरी दुखीपीडित जनताको पक्षमा काम गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेता शेर्पाले आगामी दिनमा पनि यस्ता सत्कर्म गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अहिलेको नगरपालिकाको नेतृत्वले जनताको पक्षमा काम नगरेको पनि बताए ।

पुण्यबहादुरलाई घरसँगै सिरक, डसना पनि प्रदान गरिएको नेकपा एमालेका स्थानीय युवा नेता सुप्पा श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा एमालेका जिल्ला नेताहरु आङदोर्जे शेर्पा, सागर घिमिरेलगायतको उपस्थिति थियो । उपस्थित सबै नेताले दुखी–पीडित जनताको साथमा सधैं एमाले रहेको बताए । यससँगै बाह्रविसे एमालेले यस्ता थुप्रै जनमुखी काम गर्दै आएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

खोटाङबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, आमा–छोरासहित तीन जनाको मृत्यु

काठमाडौं । खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका

भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ?

सिन्धुपाल्चोक । नेकपा एमाले भोटेकोशी गाउँपालिका नेतृत्वको जिम्मा सुन्तलीमाया श्रेष्ठको काँधमा आएको छ । हालै सम्पन्न गाउँ अधिवेशनले सुन्तलीको अध्यक्षतामा

विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच…

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्रिकेट संघले विद्यालय स्तरीय क्रिकेटको विकास र प्रवर्द्धनको लागि ऐतिहासिक पहल गर्दै जिल्लामा पहिलो पटक विद्यालय स्तरीय

चिनियाँ एआई डिपसिकले ल्यायो तरंग, सिलिकन भ्याली स्तब्ध

काठमाडौं । चीनको नयाँ एआई मोडेलले विश्वव्यापी एआई बजारमा हलचल मच्चाएको छ । ‘डिपसिक’ नामक यो मोडेलले च्याटजीपीटी, गुगल जेमिनाई

आप्रवासीलाई फिर्ता पठाउने मुद्दामा ट्रम्पले किन दिए कोलम्बियालाई चेतावनी ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई फिर्ता पठाउने विषयमा कोलम्बियाका नेताहरूलाई चेतावनी दिएका छन् । कोलम्बिया सरकारले निर्वासित आप्रवासीहरूले

के साँच्चै सन्दिपले क्रिकेटबाट सन्यास लिन लागेका हुन् ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेको एउटा पोस्टले अहिले माहोल तातेको छ । उनले सामाजिक

Techie IT