गृहपृष्ठ ∕ समाचारपत्र ∕ सवारी साधनको कर र जरिवानामा मधेस सरकारले दियो शत प्रतिशत छुट सवारी साधनको कर र जरिवानामा मधेस सरकारले दियो शत प्रतिशत छुट स्वर्णपत्र बिहीबार, २०८१ पुस ११ गते, १२:३६ मा प्रकाशित समाचारपत्र काठमाडौं । सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शतप्रतिशत छुट दिने भएको छ । मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ गत मङ्सिर १९ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियोे । ऐनअन्तर्गत सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुटसम्बन्धी निर्णय भएको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृत सुनिलकुमार शाहले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै, यातायात व्यवस्था कार्यालय लहान, सिरहाले पनि यससम्बन्धी सूचना जारी गरेर जानकारी दिएको छ । कार्यालयका वरिष्ठ शाखा अधिकृत विनीतकुमार झाले जारी गरेको सूचनामा ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको एक वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नवीकरण गराउँदा, सवारीसाधन कर र नवीकरण दस्तुरमा लाग्ने जरिवानामा शतप्रतिशत छुट दिने उल्लेख छ । #मधेस सरकार तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मोरङमा शौच गर्न गएकी युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ काठमाडौं । मोरङमा २२ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको जहदा गाउँपालिका–३ नेपाल टेलिकमले दिने भयो ३० प्रतिशत लाभांश काठमाडौं । नेपाल टेलिकमले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले रवि लामिछानेसहित ४४ जनाविरुद्ध ३ कसुरमा दर्ता भयो अदालतमा मुद्दा काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । झापामा दुई युवतीसँग रात बिताएका एक पुरुषको होटलकै कोठामा मृत्यु काठमाडौं । दमकको बसपार्कस्थित मिलन होटेल एन्ड लजमा दुई युवतीसंग रात बिताएका एक पुरुष बिहीबार बिहान मृत फेला परेका छन् कमल थापा भन्छन्- राज्यले रवि लामिछानेमाथि पक्षपात गर्यो काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति राज्यले पक्षपात गरेको बताएका तोलामै १७ सयले घट्यो सुनको भाउ काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लोकप्रिय १ सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका अर्धपत्रकार २ लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको प्रशिक्षण जारी (तस्बिर) ३ पार्टीले पर्याप्त साथ नदिएको रवि लामिछानेको गुनासो, नेताहरु फरक-फरक कित्तामा उभिएपछि कार्यकर्ता अन्योलमा ४ एमाले महासचिव शंकर पोखरेलले भने- रास्वपाले अति गर्यो, अब खती हुन्छ ५ रविले फेरि भने- म सुरक्षित छैन, जतिबेला, जे पनि हुन सक्छ ६ चितवनको चर्चमा मृत भेटिइन् मकवानपुरकी छिरिङ ७ झापामा दुई युवतीसँग रात बिताएका एक पुरुषको होटलकै कोठामा मृत्यु