गृहपृष्ठ ∕ समाचारपत्र ∕ दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ स्वर्णपत्र बिहीबार, २०८१ मंसीर २७ गते, १२:०९ मा प्रकाशित समाचारपत्र काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गको कसुरमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्रसाईंलाई उनकै घर भक्तपुरबाट पक्राउ गरेको थियो । सीआईबीले अनुसन्धानका लागि प्रसाईंलाई साइबर ब्यूरोको जिम्मा लगाएको थियो । साइबर ब्यूरोले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । साइबर अपराधको कसुरमा ५ वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था भएकाले उक्त सजाय मागदाबी गर्दै मुद्दा दर्ता भएको छ । यसका साथै प्रसाईंविरुद्ध यसअघि पनि साइबरको मुद्दा चलेका पटके कसुरदार भन्दै थप सजाय समेत माग गरिएको छ । पटेक कसुरदारको हकमा डेढी सजाय हुने व्यवस्था भएकाले प्रसाईंविरुद्ध साढे ७ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा प्रसाईंविरुद्धको पेसी तोकिएको छ । अब प्रसाईंको बयान हुनेछ । त्यसपछि थुनछेक बहसपछि पुर्पक्षमा पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्ने आदेश आउने छ । यही बीचमा भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारीहरुलाई धम्क्याएको आरोपमा आपराधिक लाभ र संगठित अपराधको कसुरमा प्रसाईंविरुद्ध सीआईबीले पनि अनुसन्धान अघ बढाइरहेको छ । यता साइबरको कसुरमा भने प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीबारे आफूले फेक कागजात तयार नपारको भन्दै प्रसाईंले बयान दिएका छन् । कम्बोडियामै बस्ने नेपालीले पठाएको विवरणहरु आफूले सार्वजनिक गरेको भन्दै प्रसाईंले बयान दिएका छन् । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार झापामा दुई युवतीसँग रात बिताएका एक पुरुषको होटलकै कोठामा मृत्यु काठमाडौं । दमकको बसपार्कस्थित मिलन होटेल एन्ड लजमा दुई युवतीसंग रात बिताएका एक पुरुष बिहीबार बिहान मृत फेला परेका छन् कमल थापा भन्छन्- राज्यले रवि लामिछानेमाथि पक्षपात गर्यो काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति राज्यले पक्षपात गरेको बताएका तोलामै १७ सयले घट्यो सुनको भाउ काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कुलमानलाई प्राधिकरणबाट हटाउँदै सरकार काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउने भएको छ । स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले कुलमान पाँच महिनामा सरकारको पुँजीगत खर्च ११ प्रतिशत मात्रै काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को सुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर काठमाडौंलाई पानी दिएबापत हेलम्बुबासीले पाउने भए बिक्रीको २५ प्रतिशत रकम काठमाडौं । मेलम्ची आयोपानी आयोजनाअन्तर्गत काठमाडौंबासीलाई पानी दिएबापत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बिक्रीबाट आउने रकमको २५ प्रतिशत पाउने भएको छ । लोकप्रिय १ सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका अर्धपत्रकार २ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ३ यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? ४ बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित) ५ घुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन ६ नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि सुरुङ खन्नेसम्म ७ पार्टीले पर्याप्त साथ नदिएको रवि लामिछानेको गुनासो, नेताहरु फरक-फरक कित्तामा उभिएपछि कार्यकर्ता अन्योलमा