Techie IT
Sunday, April 20, 2025 | आईतबार, वैशाख ८, २०८२
२०८२ वैशाख ८, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रनेकपा एसको अध्यक्षमा घनश्याम भुसालको सम्भावना कति ?

नेकपा एसको अध्यक्षमा घनश्याम भुसालको सम्भावना कति ?

महासचिवमा ज्वाला र खतिवडाको चर्चा


काठमाडौं । काठमाडौंमा असार १६ गतेदेखि नेकपा एसको महाधिवेशन हुँदैछ । र, महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरु सतहमा देखिन थालेका छन् ।

खासगरी अध्यक्ष पदमा अहिलेका अध्यक्षसमेत रहेका माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको चर्चा व्यापक छ ।

२०७८ सालमा एमाले फुटाएर नेकपा एस बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहेको भन्दै अहिलेका अध्यक्ष माधव नेपालले अध्यक्षमा दोहोरिन चाहेका छन् । त्यस्तै सम्मानित नेता खनालले सकभर सहमतिमै नेतृत्व चयन गर्ने र यदि त्यो सम्भव नभए आफू अध्यक्षको प्रतिस्पर्धाबाट पछि नहट्ने बताइसकेका छन् ।

नेपाल र खनालको तयारी नियालेका महासचिव घनश्याम भुसाल पनि दुई नेताको लडाइँले आफूलाई चिट्ठा पर्न सक्ने बुझाइमा छन् । युवा पुस्ताका नेता कार्यकर्ताहरूको समर्थन प्राप्त गर्ने विश्वासमा छन् भुसाल ।

पछिल्लो समय एमाले विभाजन र नयाँ पार्टी गठनको औचित्य पुष्टि गर्न नसकेको अध्यक्ष नेपालमाथि आरोप लाग्ने गरेको छ । नेपालमाथि यो आरोप सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाले नै लगाउने गरेका छन् ।

खनाल र भुसालले सिधै नेपालमाथि यो आरोप नलगाए पनि उनीहरूले जनताको बहुदलीय जनवाद (जबज) र समाजवादबारे गर्ने व्याख्या र विश्लेषणहरूमा त्यही कुराको झल्को दिने गरेका छन् । माधव नेपाल जनताको बहुदलीय जनवादमार्फत समाजवादमा पुग्नुपर्ने पक्षमा छन् भने खनाल वैज्ञानिक समाजवादको वकालत गर्छन् ।

अध्यक्षमा तीन नेताको चर्चा भइरहँदा हालका उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, केशव लाल श्रेष्ठ लगायतका नेताहरू भने अहिलेकै पद जोगाउन प्रयासरत छन् । महासचिवमा चाहिँ उपमहासचिवद्वय प्रकाश ज्वाला र जगन्नाथ खतिवडाले चाहना राखेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गुहार्यो मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण

स्वर्गीय पत्रकार सुरेश रजकको परिवारलाई भेट्न घरमै पुगे बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् । तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश

हेलम्बुले शिक्षामा गरेको लगानीको आयो प्रतिफल, बुद्धिस्वत्व विद्यालयको आठ कक्षामा…

हेलम्बु, सिन्धुपाल्चोक ।  हालै सार्वजनिक भएको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा हेलम्बु गाउँपालिका अन्तर्गतको बुद्धिस्वत्व मोडेल माध्यमिक

स्वर्णपत्रकर्मी श्यामराजालाई निर्देशक समाजको सम्मान

काठमाडौं । स्वर्णपत्रका ‘टेक्निकल डाइरेक्टर’ श्यामराजा श्रेष्ठ सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजको रजत जयन्तीको अवसरलाई श्रेष्ठलाई सम्मान

सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको…

कठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन

Techie IT