गृहपृष्ठ ∕ समाचारपत्र ∕ बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती स्वर्णपत्र आईतबार, २०८१ असोज २० गते, १३:५३ मा प्रकाशित समाचारपत्र काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको छ । कतिपयले त चलचित्रका दृश्यहरूलाई टुक्राटुक्रा पारेर सामाजिक सञ्जालमा राखेका छन् । चलचित्रले समाजले युवतीहरूलाई विवाहका लागि दिने दबाब र त्यसले निम्त्याउने क्रियाकलापलाई प्रस्तुत गरेको छ । तर, अहिले यस चलचित्रका क्लिपहरू सामाजिक सञ्जालमा फैलिन थालेका छन् । यसैबीच चलचित्र विकास बोर्डले यस्तो गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । एक सूचना जारी गर्दै बोर्डले चलचित्रका दृश्यहरू खिचेर अनधिकृत रूपमा सामाजिक सञ्जालमा राखेमा उसको उपकरण जफत गरी दण्ड, जरिवाना तथा क्षतिपूर्ति तिराउने जनाएको छ । साथै, चलचित्रघरभित्र भिडिओ खिच्ने सामग्रीको प्रयोग नगर्न र नगराउन बोर्डले सबैलाई आग्रह गरेको छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ३ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ४ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ५ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ६ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ७ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी