काठमाडौं । ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे अनुसार, काभ्रेमा ३१ जना महिला, २५ जना पुरुष , ८ जना बालक र ६ जना बालिका गरी हालसम्म ७० जनाको मृत्यु भएको छ ।
काभ्रेको १३ वटा स्थानीय तहमध्ये पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, तेमाल गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । काभ्रेको पनौती नगरपालिकामा १८ बेथानचोक गाउँपालिकामा १२ ,तेमाल गाउँपालिकामा १० , मण्डनदेउपुर नगरपालिकामा ७, रोशी गाउँपालिकामा ७ जनाको ज्यान गएको छ ।
त्यस्तै नमोबुद्ध नगरपालिकामा ७ , धुलिखेल नगरपालिकामा २,बनेपामा ३ भुम्लु गाउँपालिकामा ३,चौरी देउराली गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।