Techie IT
२०८१ मंसीर ८, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रजुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता

जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता


काठमाडौं । अविरल वर्षातका कारण शनिबार आएको पहिरोले बगाँउदा जुगल गाँउपालिकाको कुनेगाउँमा दुईको ज्यान गएको छ भने दुई अझै बेपत्ता छन्  ।

इलाका प्रहरी जलविरेका प्रहरीका अनुसार पहिरोले क्षतिग्रस्त घरबाट जुगलको कुनेगाँउबासी ४५ वर्षका चित्रबहादुर मिजार र एक पहिचान नखुलेको ५ वर्षे बालकको शव निकालिएको छ ।

बेपत्ता हुनेमा मृतक मिजारकी श्रीमती ४५ वर्षकी ठूलोकान्छी र जुगल ४ का २४ वर्षका अविनाश नेपाली हुन् । बेपत्ता अविनाश ठूलीकान्छीको बहिनीको छोरा भएको खुलेको छ। जुगल गाउँपालिकाका अनुसार मृतक मिजारको घरमा अविनाश र उनका छोरा केही दिनअघि पाहुना बनेर आएको बताए । शनिबार एक्कासी कुने गाँउको माथिल्लो भाग भास्सिएर पहिरो लागेपछि स्थानीयबिच भागाभाग चलेको थियोे ।

मिजारको घर पुरै ध्वस्त भएसँगै वरिपरि केही घरमा सामान्य क्षति पुर्‍याएको छ । अहिले वरीपरीका सबैलाई सुरक्षित स्थानमा सारिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना…

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा

काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी

ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार

कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो

पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर

घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव

काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या

Techie IT