Techie IT
Monday, April 21, 2025 | सोमबार, वैशाख ९, २०८२
२०८२ वैशाख ९, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रविपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा विश्व समुदायको ध्यानाकर्षण

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा विश्व समुदायको ध्यानाकर्षण


काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन् ।

गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरू पनि कैयौँ मानिस मारिएका थिए ।

नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गरिरहेको मन्त्री डा राणाले उक्त बैठकमा बताइन् । साथै राणाले विभिन्न नाम र बहानामा विश्वका कैयौँ ठाउँमा अहिले पनि युद्ध, विद्रोह तथा हिंसाजन्य कार्यहरू भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

राजेन्द्र लिङ्देनसहितका नेताहरु सिंहदरबारबाटै पक्राउ

काठमाडौं । प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको छ। राप्रपाले आज गरिरहेको प्रदर्शन उग्र हुने सम्भावना देखेपछि

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गुहार्यो मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण

स्वर्गीय पत्रकार सुरेश रजकको परिवारलाई भेट्न घरमै पुगे बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् । तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश

हेलम्बुले शिक्षामा गरेको लगानीको आयो प्रतिफल, बुद्धिस्वत्व विद्यालयको आठ कक्षामा…

हेलम्बु, सिन्धुपाल्चोक ।  हालै सार्वजनिक भएको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा हेलम्बु गाउँपालिका अन्तर्गतको बुद्धिस्वत्व मोडेल माध्यमिक

स्वर्णपत्रकर्मी श्यामराजालाई निर्देशक समाजको सम्मान

काठमाडौं । स्वर्णपत्रका ‘टेक्निकल डाइरेक्टर’ श्यामराजा श्रेष्ठ सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजको रजत जयन्तीको अवसरलाई श्रेष्ठलाई सम्मान

Techie IT