Techie IT
२०८१ मंसीर ८, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रओमानमा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

ओमानमा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु


काठमाडौं । ओमानमा आफैंले हाँकेको कार दुर्घटनामा परी दुई नेपालीको ज्यान गएको छ । निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा नेपाली युवा युवतीको मृत्यु भएको हो ।

राजधानी मस्कटस्थित नेपाली दूतावासकाअनुसार दुर्घटनामा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारु र झापाकी समिता बुढाथोकीको मृत्यु भएको हो । कार सारुले चलाइरहेका थिए । कार एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको हो ।

नरबहादुरकी श्रीमती पनि ओमानमै रहेकोले कानुनी प्रक्रिया पूरा गरी दूतावासकै समन्वयमा शनिबार शव नेपाल पठाइएको तर समिताको शव हालसम्म ओमानकै नीज्वा अस्पतालमा रहेको नेपाली दुतावासले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना…

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा

काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी

ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार

कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो

पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर

घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव

काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या

Techie IT