Techie IT
Sunday, April 20, 2025 | शनिबार, वैशाख ७, २०८२
२०८२ वैशाख ७, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रडाक्टरको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शन जारी

डाक्टरको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शन जारी


काठमाडौं । भारतमा डाक्टरको बलात्कारपछि हत्या भएको घटनापछि निरन्तर प्रदर्शन भइरहेको छ । बलात्कारपछि हत्या भएकी डाक्टरको न्यायका लागि नेपालमा समेत विभिन्न प्रदर्शन भइरहेका छन् । निकै क्रुर ढंगमा भएको उक्त बलात्कारपछि हत्या भएको घटनाले संसारभरका महिलालाई झस्काएको छ ।

पश्चिम बंगालको कोलकातास्थित आरजी कर मेडिकल कलेज अस्पतालमा पोस्ट ग्र्याजुयट गरिरहेकी प्रशिक्षार्थी एक डाक्टर अगस्ट ९ मा अस्पतालकै सेमिनार हलमा मृत भेटिएकी थिइन् । परीक्षण गर्दा उनीमाथि बलात्कार र त्यसपछि हत्या भएको खुलेको थियो । घटनापश्चात सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका थिए ।

प्रदर्शनमा भारतीय मेडिकल एसोशिएसन, नागरिक समाज र विद्यार्थीहरूले ऐक्यवद्धता जनाएका छन् । भारतको प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरिसकेको छ तर प्रदर्शन मत्थर भएको छैन । ती डाक्टरमाथि सामूहिक बलात्कार भएको तर प्रहरीले एकजनालाई देखाएर अन्यलाई उन्मुक्ति दिन खोजिएको भन्दै प्रदर्शनकारीहरूले अभियुक्त पक्राउ परिसक्दा पनि प्रदर्शन जारी राखेको भारतीय समाचार संस्थाहरूले जनाएका छन् ।

बलात्कारपछि अभियुक्तले घाँटी थिचेर डाक्टरको हत्या गरेको पोस्टमर्टम रिपोर्टमा देखिएको छ । अस्पतालमै जघन्य अपराध भएपछि अगष्ट १२ मा अस्पतालका प्रिन्सिपल प्राध्यापक डा. सन्दीप गोशले पदबाट राजीनामा दिएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गुहार्यो मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण

स्वर्गीय पत्रकार सुरेश रजकको परिवारलाई भेट्न घरमै पुगे बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् । तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश

हेलम्बुले शिक्षामा गरेको लगानीको आयो प्रतिफल, बुद्धिस्वत्व विद्यालयको आठ कक्षामा…

हेलम्बु, सिन्धुपाल्चोक ।  हालै सार्वजनिक भएको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा हेलम्बु गाउँपालिका अन्तर्गतको बुद्धिस्वत्व मोडेल माध्यमिक

स्वर्णपत्रकर्मी श्यामराजालाई निर्देशक समाजको सम्मान

काठमाडौं । स्वर्णपत्रका ‘टेक्निकल डाइरेक्टर’ श्यामराजा श्रेष्ठ सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजको रजत जयन्तीको अवसरलाई श्रेष्ठलाई सम्मान

सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको…

कठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन

Techie IT