Techie IT
Sunday, April 20, 2025 | आईतबार, वैशाख ८, २०८२
२०८२ वैशाख ८, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रआयात रोक्न अनेरास्ववियु वाल्मीकि विद्यापीठको जनै बनाउने प्रशिक्षण

आयात रोक्न अनेरास्ववियु वाल्मीकि विद्यापीठको जनै बनाउने प्रशिक्षण


काठमाडौं । विदेशमा यन्त्र (मेसिन)बाट बनेका जनै (यज्ञोपवीत)लाई निरुत्साहित गर्ने उद्देश्यले अनेरास्ववियु वाल्मीकि विद्यापीठद्वारा यज्ञोपवीत निर्माण प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

बिहीबार विद्यापीठमा एक कार्यक्रमबीच विद्यार्थीहरूलाई जनै निर्माणसम्बन्धी प्रशिक्षण दिइएको हो । उत्पादनलाई प्राथमिकता, संस्कृतिको संरक्षण एवं धागोलाई वैदिक विधिअनुसार जनै बनाउन अनेरास्ववियुले प्रशिक्षण दिएको हो ।

विदेशी मूलबाट करोडौँ रुपैयाँको जनै आयात हुने र ती जनै विधिपूर्वक नहुने हुँदा अनेरास्ववियुले प्रशिक्षण कार्यक्रम आयोजना गरेको अनेरास्ववियु वाल्मीकि विद्यापीठ इकाई समितिका अध्यक्ष दुर्गा घिमिरेले जानकारी दिए ।

जनैको आयात रोक्ने, संस्कृतिमा नयाँ पुस्तालाई आकर्षित गर्ने र खाली समयमा अतिरिक्त कमाई गर्न सहयोग पुग्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष गोविन्द गिरीले जनैमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । अनेरास्ववियु वाल्मीकि विद्यापीठले गरेको कार्यक्रमले इँटा थप्ने काम गरेको उनको भनाइ थियो । पूर्वीय दर्शनले बताएअनुसारको स्वदेशी जनै निर्माणमा विद्यापीठले अग्र भूमिका खेल्नुपर्ने उनले बताए ।

उनले बर्सेनि करोडौँ रुपैयाँको जनै आयात भएकोमा चिन्ता व्यक्त गरे । स्वदेशी उत्पादनको जनै धारण गर्न समेत अनेरास्ववियुका नेता कार्यकर्ताहरूलाई उनको आग्रह थियो ।

कार्यक्रमका विशिष्ट अतिथि वाल्मीकि विद्यापीठका प्राध्यापक डा. भागवत ढकालले अनेरास्ववियुको कदमले शोभा बढाएको बताए । विद्यार्थी सङ्गठन रचनात्मक काममा अग्रसर हुनुपर्नेमा उनको जोड थियो ।

त्यस्तै,कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कोषाध्यक्ष सङ्गम अर्यालले जनैको महत्त्व दर्शाउनपर्नेमा जोड दिए ।

अनेरास्ववियुका केन्द्रीय सचिव सन्जिव धितालले फरक प्रसङ्गमा बोल्दै कलकारखाना बन्द गर्न हात धोएर लागेकोमा दुख व्यक्त गरे ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गुहार्यो मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण

स्वर्गीय पत्रकार सुरेश रजकको परिवारलाई भेट्न घरमै पुगे बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् । तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश

हेलम्बुले शिक्षामा गरेको लगानीको आयो प्रतिफल, बुद्धिस्वत्व विद्यालयको आठ कक्षामा…

हेलम्बु, सिन्धुपाल्चोक ।  हालै सार्वजनिक भएको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा हेलम्बु गाउँपालिका अन्तर्गतको बुद्धिस्वत्व मोडेल माध्यमिक

स्वर्णपत्रकर्मी श्यामराजालाई निर्देशक समाजको सम्मान

काठमाडौं । स्वर्णपत्रका ‘टेक्निकल डाइरेक्टर’ श्यामराजा श्रेष्ठ सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजको रजत जयन्तीको अवसरलाई श्रेष्ठलाई सम्मान

सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको…

कठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन

Techie IT