गृहपृष्ठ ∕ समाचारपत्र ∕ जसले बिमाको लोभले आफ्नै पसलमा आगो लगाए जसले बिमाको लोभले आफ्नै पसलमा आगो लगाए स्वर्णपत्र सोमबार, २०८१ साउन २१ गते, ११:०२ मा प्रकाशित समाचारपत्र काठमाडौं । कसैले जानजान आफ्नै पसलमा आगो लगाउला ? हामी सहजै भन्न सक्छौं– लगाउँदैन । तर, पोखराका एक पसलेले नियोजितरुपमा आफ्नो पसलमा आगो लगाएका छन् । हो, पोखरा–१७ का ३६ वर्षीय सुजन गहतराले बिमा दाबी गर्नका लागि आफ्नै सपिङ सेन्टरमा जानाजान आगो लगाएको प्रमाण फेला परेको छ । सुजनले गत साउन १६ गते बिहान २ बजेतिर पोखरा–६ वैदामस्थित नारेश्वरमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी लगाएको पाइएको प्रहरीले जनाएको छ । नारेश्वरस्थित डा थानेश्वर पहारीको घर भाडामा लिएर सुजनले सपिङ सेन्टर चलाएका थिए । सुजनले प्रहरीसँगको बयानमा नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भएर आगो लागेको बताएका थिए । तर प्रहरीलाई उनको बयान शंकास्पद लाग्यो र थप अनुसन्धान अघि बढायो । प्रहरीले थप अनुसन्धान गर्दा सुजनले बीमाको लोभमा आफ्नै पसलमा आगो लगाएको पुष्टि भएको हो । अनुसन्धानका क्रममा सुजनले हिमालयन एभरेष्ट इन्स्योरेन्स पोखरा शाखा कार्यालयमा दुई करोड १० लाख बराबरको बिमा गरेको पाइएको प्रहरीले जनाएको छ । #बिमा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ । रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गुहार्यो मानव अधिकार आयोग काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण स्वर्गीय पत्रकार सुरेश रजकको परिवारलाई भेट्न घरमै पुगे बालेन काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् । तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश हेलम्बुले शिक्षामा गरेको लगानीको आयो प्रतिफल, बुद्धिस्वत्व विद्यालयको आठ कक्षामा… हेलम्बु, सिन्धुपाल्चोक । हालै सार्वजनिक भएको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा हेलम्बु गाउँपालिका अन्तर्गतको बुद्धिस्वत्व मोडेल माध्यमिक स्वर्णपत्रकर्मी श्यामराजालाई निर्देशक समाजको सम्मान काठमाडौं । स्वर्णपत्रका ‘टेक्निकल डाइरेक्टर’ श्यामराजा श्रेष्ठ सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजको रजत जयन्तीको अवसरलाई श्रेष्ठलाई सम्मान सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको… कठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन लोकप्रिय १ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई २ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस ३ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ४ जेल चलान भए रवि लामिछाने ५ तीनकुनेबाट भागेका दुर्गा प्रसाईं चितवनको ठोरीहुँदै भारत पुगेको खुल्यो ६ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ७ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ८ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन