गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सचिवसँग प्रधानमन्त्रीको प्रतिबद्धता: सरकारलाई असफल हुन दिइन्नँ, ढुक्कले काम गर्नुस् सचिवसँग प्रधानमन्त्रीको प्रतिबद्धता: सरकारलाई असफल हुन दिइन्नँ, ढुक्कले काम गर्नुस् स्वर्णपत्र मंगलबार, २०८१ साउन १५ गते, १७:०७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताएका छन् । नेपालका सरकारका सचिवहरुलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिरहेको स्मरण गराए । ‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन’, उपप्रधानमन्त्री, मन्त्रीहरुलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहीँ सफल हुँदैन ।’ ——— #प्रधानमन्त्री केपी शर्मा ओली तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु) सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ झनपछि झन् उदांगिँदै रास्वपा ! ३ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ४ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ५ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ६ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ७ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली