गृहपृष्ठ ∕ मुख्यपत्र ∕ गौशाला २६ भन्छिन्: कतिपयले सन्दिपविरुद्ध भ्रमपूर्ण खबर दिएर ममाथि दबाब बढाएका थिए गौशाला २६ भन्छिन्: कतिपयले सन्दिपविरुद्ध भ्रमपूर्ण खबर दिएर ममाथि दबाब बढाएका थिए स्वर्णपत्र शुक्रबार, २०८१ साउन ११ गते, १५:२७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने निष्कर्षमा पुगेकी गौशाला २६ ले आफ्नो मानसिक असरको फाइदा उठाउँदै केही व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर प्रेषित गरेको र आफूमाथि दबाब बढाएको बताएकी छन् । उनले उक्त मुद्दामा पुनरावेदन नगर्न माग गर्दै शुक्रबार उच्च सरकारी वकिलको कार्यालय पाटनमा निवेदन दिएकी हुन् । जिल्ला अदालतले क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद फैसला गरेको थियो । जिल्लाले पीडितलाई नाबालिक भन्न नमिल्ने फैसला गरेको थियो । तर, उच्च अदालत पाटनले भने बलात्कारको वस्तुनिष्ट प्रमाणको अभाव रहेको र पीडित नाबालिग नदेखिएको भन्दै लामिछानेलाई सफाइ दिएको थियो । फैसलाको पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ । गौशालाले आफ्नो निवेदनमा फैसलाको पूर्णपाठ आफूले अध्ययन गरिसकेको बताएकी छन् । #गौशाला २६ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार घुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन लामिछानेले घुमाउरो पारामा सहकारीलाई ब्याज तिरेको स्वीकारेपछि कार्यकर्तालाई सभापतिको डिफेन्स गर्नसमेत कठिन भएको हो । धराहराबाट ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले भने- एनपिएलले नेपालका युवा… काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको सर्वोच्चले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न मानेन, कारण देखाउ आदेश जारी काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश मनोज शर्माको इजलासले प्रसाईंका तर्फबाट दायर भएको सिनामंगलको होटलमा मृत भेटिए दम्पती, दुवैजना शनिबार क्यानडाबाट फर्किएको खुल्यो काठमाडौं । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको र उनीहरु दुवैजना शनिबार मात्रै नेपाल आएको खुलेको छ । काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु) सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता लोकप्रिय १ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे २ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ३ पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा ४ के हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क विवाद ? ५ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली ६ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ७ किन भन्दैछन् पुजनले ‘फर्की आउने छैन’