Techie IT
२०८१ मंसीर ७, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररानाको रानोमा यसरी लठ्ठियो रास्वपा (भिडिओसहित)

रानाको रानोमा यसरी लठ्ठियो रास्वपा (भिडिओसहित)


काठमाडौं । केही समयअघि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र बाहिरियो । जहाँ उपसभामुख रानाले एक कार्यक्रमका लागि पाँचजना नेपालीलाई अमेरिका लैजान आग्रह गरेकी थिइन् । उपसभामुखकै लेटरहेडमा रानाले खुलेयाम यस्तो आग्रह गरेको कुरा कतै छिपेको छैन ।

उक्त पत्रका कारण चौतर्फी आलोचना भएपछि रानाले भनिन्, ‘विदेश पठाइदिने भनिएका मान्छेहरुलाई म चिन्दै चिन्दिनँ ।’ अझ सप्रमाण तथ्यहरु बाहिरिएपछि भनिन्, करुणाभावले त्यसो गरेको हुँ, मेरो नियत खराब थिएन ।’

अझ ती व्यक्तिलाई अमेरिका पठाउनका लागि रानाले पैसा लिएको, तर भिसा नलागेपछि फेरि पठाउँछु भनेर झुलाएको भन्ने विवरणसहितको अडियो पनि सार्वजनिक भएको छ । यसरी उपसभामुख रानाले अमेरिका पठाउने नाममा धन्दा गरेको प्रष्ट हुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी भने चुपचाप बसिरहेको थियो । चारैतिरबाट पार्टीको धारणा माग भएपछि उसले आइतबार एक विज्ञप्ति जारी गर्यो । र भन्यो, ‘उपसभामुख राना निष्कलंक र उज्यालो छविकी हुनुहुन्छ । सत्तागठबन्धनले नियोजितरुपमा फसाउन खाजेको मात्रै हो ।’

यसरी उपसभामुख रानाले बेइमानी गरेको प्रष्ट र छताछुल्ल हुँदाहुँदै पनि जोगाउन खोज्नुले रास्वपाको ओरिजिनल चरित्रलाई बाहिर ल्याइदिएको छ । विगतमा आरोप लाग्नेबित्तिकै ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निकालेर प्रशंसा पाएको रास्वपालाई अहिलेको काण्डले भने अप्ठेरोमा पारेको छ ।

हुनतः उपसभामुख राना विगतदेखि नै विवादमा मुछिँदै आएकी पात्र हुन् । बालबालिकाको अवैध कारोबार गरेको आरोप लागेकी उनी आफूलाई भने समाजसेवी बताउँदै आएकी छिन् । विगतमा अनेक एनजिओ, आइएनजिओमा काम गरेकी रानालाई रास्वपाले टिपेर उपसभामुख बनाएको कारणबारे पार्टीभित्रै पनि कुरा उठेको बताइन्छ ।

संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) मा सहभागी हुन जाने क्रममा रानाले प्रतिनिधिका रूपमा चार पुरुष र एक महिलालाई आफूसँगै अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । उपसभामुखको लेटरप्याडमा लेखिएको पत्रमा उनले उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि राष्ट्रसंघीय उक्त कार्यक्रमको प्रतिनिधि भएको दाबी गरेकी थिइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु)

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको

बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता

यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ?

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः

प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी

पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ ।

पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले

गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना…

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Techie IT