सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा तीनजना बेपत्ता भएका छन् ।
उद्धार गरिएकाहरु पनि घाइते भएका छन् । उनीहरुको बाह्रविसे स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना निर्माणाधीन रहेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।