Techie IT
Tuesday, April 8, 2025 | मंगलबार, चैत्र २६, २०८१
२०८१ चैत्र २६, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसांसद पद फिर्ता माग्दै रविले सभामुखलाई बुझाए पत्र

सांसद पद फिर्ता माग्दै रविले सभामुखलाई बुझाए पत्र


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् ।

मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन् ।

यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।

मंगलबार पुनः सभामुखलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् ।

लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा परेका थिए ।

गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेका थिए । पछि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो ।

रास्वपाले लामिछानेको सांसद् पद निलम्बनमा सभामुखले विवेक नपुर्‍याएको टिप्पणी समेत गर्दै आएको छ ।

संसद सचिवालयले भने लामिछानेको सांसद पद निलम्बनको आधार कास्की जिल्ला प्रहरी कार्यालयको पत्रलाई देखाउँदै आएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हेलम्बुले शिक्षामा गरेको लगानीको आयो प्रतिफल, बुद्धिस्वत्व विद्यालयको आठ कक्षामा…

हेलम्बु, सिन्धुपाल्चोक ।  हालै सार्वजनिक भएको आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा हेलम्बु गाउँपालिका अन्तर्गतको बुद्धिस्वत्व मोडेल माध्यमिक

जेल चलान भए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस

स्वर्णपत्रकर्मी श्यामराजालाई निर्देशक समाजको सम्मान

काठमाडौं । स्वर्णपत्रका ‘टेक्निकल डाइरेक्टर’ श्यामराजा श्रेष्ठ सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजको रजत जयन्तीको अवसरलाई श्रेष्ठलाई सम्मान

नयाँ वर्षसँगै विद्युतीय गाडी खरिदमा अफरैअफर, नामी इभीको सप्ताहव्यापी कार्यक्रम

काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले अप्रिल ५ देखि अप्रिल १२ सम्म

मुकुल भन्छन्- रवि दाइलाई प्रधानमन्त्रीको अफर आएकै होइन, भ्रम फैलाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले रवि लामिछानेलाई प्रधानमन्त्री बन्न आएको प्रस्ताव अस्वीकार गरेको कुरा

बालेन पनि मुछिए भ्रष्टाचारमा, एम्बुलेन्स खरिदमा अनियमितता गरेको आरोप

काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाह पनि भ्रष्टाचारमा मुछिएका छन् । महानगरले दुर्गमका स्थानीय तहमा अनुदानस्वरुप दिएको एम्बुलेन्समा भ्रष्टाचार भएको

Techie IT