Techie IT
Wednesday, March 12, 2025 | बुधबार, फागुन २८, २०८१
२०८१ फागुन २८, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअमेरिकाबाट फर्काइएका नेपाली प्रहरीको नियन्त्रणमा (फर्किनेको सूचीसहित)

अमेरिकाबाट फर्काइएका नेपाली प्रहरीको नियन्त्रणमा (फर्किनेको सूचीसहित)


काठमाडौं । अमेरिकाले बुधबार बिहान काठमाडौं ल्याएर छोडेका आठ नेपालीलाई अध्यागमनले नेपाल प्रहरीको जिम्मा लगाएको छ।

अमेरिकाले डिपोर्ट गरेका सात पुरुष र एक महिलालाई अध्यागमन प्रक्रिया पूरा भएपछि नेपाल प्रहरीको जिम्मा लगाइएको अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग आवश्यक सोधपुछ गरेपछि मात्रै उनीहरूलाई आफन्तको जिम्मा लगाइनेछ।

डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थ बहादुर नामका छन्। उनीहरुको थप पहिचान खुलाइएको छैन।

बुधबार बिहान अमेरिकी जहाजमार्फत उनीहरू सबैलाई काठमाडौं ल्याइएको थियो।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

काठमाडौं फर्किए पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्केका छन् । उनी आइतबार पोखराबाट काठमाडौं फर्किएका हुन् ।

ईभीमा लो टु भ्यालु रेसियो घट्दा बिक्रेता कम्पनीहरु मौन,सर्वसाधारण अन्यौलमा

काठमाडौं । गत साता सार्वजनिक मौद्रिक नीति समीक्षामा राष्ट्र बैंकले विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात ६० प्रतिशत कायम गर्यो

नेमकिपाको अध्यक्षमा फेरि नारायणमान विजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा(को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन भएका छन् । गत १६ फागुनबाट सुरु भएको

सरकार र एलपी ग्यास उद्योगीबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ। मंगलबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति

देश छाड्न अटेर गरेका एक नेपालीलाई अमेरिकाले जबरजस्ती नेपाल पठायो

काठमाडौं । अमेरिकाले थप एक नेपालीलाई निष्काशन गरेको छ। मानव तस्करको सहयोगमा उनी अवैध ढंगबाट केसी थरका एक युवक अमेरिका

नगरप्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा कागेश्वरी मनोहरामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र…

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा युवाहरूको करिअर विकासलाई लक्षित गरी वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना गरिएको छ। आइतबार एक विशेष

Techie IT