Techie IT
Wednesday, March 12, 2025 | बुधबार, फागुन २८, २०८१
२०८१ फागुन २८, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअमेरिकाको विमानस्थलबाटै पक्राउ परे रास्वपा नेता थापा

अमेरिकाको विमानस्थलबाटै पक्राउ परे रास्वपा नेता थापा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।

रास्वपा सभापति रवि लामिछानेसँग अत्यन्त निकट भनेर चर्चामा आइरहने र ढाका कुमार श्रेष्ठले पैसाको लेनदेन गरेको आरोप लागेका थापा अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेका हुन् ।

अहिले उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ । थापालाई के अपराधमा पक्राउ गरिएको भन्ने खुलेको छैन ।

बाल्टिमोरस्थित नेपालीहरुको छाता संगठन बानाका पूर्वअध्यक्ष समेत रहेका थापाको पक्राउबारे संस्थाका अगुवाहरुलाई एक साताअघि नै जानकारी आए पनि गोप्य राखिएको थियो ।

बानाका संस्थापक अध्यक्ष समेत रहेका थापा यसअघि दुई तीनपटक जेलमा परिसकेको एक व्यवसायीले बताए । थापामाथि नेपालमा सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएपछि गत साता अमेरिका फर्किएका थिए ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

काठमाडौं फर्किए पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्केका छन् । उनी आइतबार पोखराबाट काठमाडौं फर्किएका हुन् ।

अमेरिकाबाट फर्काइएका नेपाली प्रहरीको नियन्त्रणमा (फर्किनेको सूचीसहित)

काठमाडौं । अमेरिकाले बुधबार बिहान काठमाडौं ल्याएर छोडेका आठ नेपालीलाई अध्यागमनले नेपाल प्रहरीको जिम्मा लगाएको छ। अमेरिकाले डिपोर्ट गरेका सात

ईभीमा लो टु भ्यालु रेसियो घट्दा बिक्रेता कम्पनीहरु मौन,सर्वसाधारण अन्यौलमा

काठमाडौं । गत साता सार्वजनिक मौद्रिक नीति समीक्षामा राष्ट्र बैंकले विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात ६० प्रतिशत कायम गर्यो

नेमकिपाको अध्यक्षमा फेरि नारायणमान विजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा(को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन भएका छन् । गत १६ फागुनबाट सुरु भएको

सरकार र एलपी ग्यास उद्योगीबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ। मंगलबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति

देश छाड्न अटेर गरेका एक नेपालीलाई अमेरिकाले जबरजस्ती नेपाल पठायो

काठमाडौं । अमेरिकाले थप एक नेपालीलाई निष्काशन गरेको छ। मानव तस्करको सहयोगमा उनी अवैध ढंगबाट केसी थरका एक युवक अमेरिका

Techie IT