Techie IT
Saturday, February 22, 2025 | शनिबार, फागुन १०, २०८१
२०८१ फागुन १०, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रपोखराको बेलुन विष्फोट घटना छानबिन गर्न बन्यो समिति, पाण्डे संयोजक

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न बन्यो समिति, पाण्डे संयोजक


काठमाडौं । पोखरा भ्रमण वर्षमा बेलुन विष्फोटमा परी अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ ।

गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका हुन् ।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धा जिल्ला काार्यालयका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य छन् ।

समितिको सदस्य सचिव कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री छन् । समितिमा एक जना विष्पोटक पदार्थ विज्ञ समेत रहने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।

समितिले आइतबारदेखि नै काम थाल्ने छ । बेलुन विस्फोट घटनाको के कसरी भयो भन्नेबारे विस्तृत छानविन र आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा अवलम्वन गर्नुपर्ने सतर्कताका उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

नेकपा एसमा पार्टीविरुद्ध बोल्न निषेध

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कार्यकर्ताहरुलाई पार्टीविरुद्ध बोल्न निषेध गरेको छ । १३ बुँदे आचारसंहिता जारी गर्दै नेकपा एसले पार्टीविरुद्ध

सबै क्याम्पसमा चुनाव जित्ने सिन्धुपाल्चोक अनेरास्ववियुको दाबी

सिन्धुपाल्चोक । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सिन्धुपाल्चोकका सबै क्याम्पसमा जित हासिल गर्नेगरी अघि बढेको अनेरास्ववियुले जनाएको छ । जसका

राजेन्द्र महतोको नेतृत्वमा पाथीभरा केवलकारविरुद्ध प्रदर्शन

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा बिहीबार फुङ्लिङ नगरपालिकाबाट पाथीभरा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ।

स्ववियु चुनावसँग किन डरायो रास्वपा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर,

शेखरको अडान: पार्टीको महाधिवेशन चुनावअघि नै हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ०८४ को चुनावपछि महाधिवेशन गरेर कांग्रेसको हालत नाजुक हुने टिप्पणी गरेका छन्।

देउवाको भारत भ्रमण अचानक स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगित भएको छ । आज भारत जाने तय भएपनि अन्तिम

Techie IT