Techie IT
Wednesday, February 5, 2025 | बुधबार, माघ २३, २०८१
२०८१ माघ २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रविपक्षी दलले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने

विपक्षी दलले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने

जबरजस्ती गरे प्रतिवाद गर्ने चेतावनी


काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको बैठकमा सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भएकाले विपक्षी दलहरुले अस्वीकार गर्ने भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।

बैठकले राष्ट्रियता, जनजीविका र बढ्दो महँगी नियन्त्रणमा सरकारको बेवास्ता लगायतका विषयहरूमा विपक्षीहरू एक भएर संसदमा कुरा उठाउने निर्णय भएको उनले बताए । सिंहदरबारमा बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, वेदुराम भुसाल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले र सन्तोष परियार लगायतका नेताहरु सहभागी थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जना

पूर्वउपराष्ट्रपतिको कमब्याकले माओवादीमा तनाव: पुनको पक्षमा जनार्दन, नारायणकाजीको असहमति

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने कि नबनाउने भन्नेबारे नेकपा (माओवादी केन्द्र) भित्र मतभेद देखिएको छ । सोमबार अध्यक्ष

सकसमा सत्तारुढ: प्रतिनिधिसभामा दुईतिहाइ, राष्ट्रिय सभामा अल्पमत

अध्यक्षसहित ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमत पुर्याउन ३० सांसदको समर्थन चाहिन्छ । राष्ट्रिय सभामा अध्यादेशको पक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत

घरविहीन पुण्यबहादुरको छानो बन्यो बाह्रविसे एमाले, नेता निमफुन्जो शेर्पाले गरे…

सिन्धुपाल्चाेक । बाह्रविसे– ७ घुम्थाङका पुण्यबहादुर गुरुङले करिब एक दशक त्रिपालमुनि रात कटाए । बृद्ध वयका गुरुङ दम्पतीले भदौरे भेलसँगै

देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको प्रचण्डको दाबी गरेका छन्

किन देउवा र शेखर दुवैको क्याम्पमा अटाएनन् गगन, अब के…

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा अहिले न शेखर कोइरालाको गुटमा छन्, न शेरबहादुर देउवाको गुटमा । कुनै पनि

Techie IT