Techie IT
२०८१ माघ ८, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपाका नेता कार्यकर्तालाई मुकुलको सुझाव- रवि दाइ आफैँ लड्न सक्षम हुनुहुन्छ, तपाइँहरु काममा फर्किनुस्

रास्वपाका नेता कार्यकर्तालाई मुकुलको सुझाव- रवि दाइ आफैँ लड्न सक्षम हुनुहुन्छ, तपाइँहरु काममा फर्किनुस्


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कसित भएका महामन्त्री मुकुल ढकालले पार्टी सहस्यहरुलाई जनताको काममा लाग्न सुझाव दिएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेकोले त्यसका लागि तयारी गर्न आग्रह गरेका छन्।

उनले भनेका छन्– ‘पार्टी सभापति अदालती प्रक्रियामा व्यस्त रहँदा पार्टीले आफ्नो नियमित काम बिर्सिएको जस्तो आभास भइरहेको छ । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ । त्यसैले कुनै पनि बहाना नबनाई जनताको काममा हामी फर्कनै पर्छ ।’

उनले रास्वपा सदस्यहरुलाई आ–आफ्नो तहमा छलफल गर्न र त्यसपछि त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउन अनुरोध गरेका छन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अनुसन्धान अधिकारीको निष्कर्ष: गोर्खा मिडियाको जन्मनै सहकारीको रकमबाट, मुख्य योजनाकार…

काठमाडाैं । रास्वपा सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने जोडिएको बुटवलको सुप्रिम सहकारी अनियमितता प्रकरणमा अनुसन्धान

राष्ट्रपतिले आह्वान गरे माघ १८ गते शुरू हुनेगरी संसदको हिउँदे…

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम

हर्क साम्पाङले बोकेको रित्तो गाग्री प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर मंगलबार सिंहदरबार पुगेका छन् । धरानमा खानेपानीको लागि दबाब दिन

के साँच्चै सन्दिपले क्रिकेटबाट सन्यास लिन लागेका हुन् ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेको एउटा पोस्टले अहिले माहोल तातेको छ । उनले सामाजिक

सरकार ढाल्ने चर्को खेलमा लागे प्रचण्ड, पुर्याए आफ्नो पक्षमा ८०…

काठमाडौं । ६ महिनादेखि प्रतिपक्षमा खुम्चनु परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेको सरकार जसरी पनि ढाल्ने खेलमा लागेका छन्

तत्कालका लागि गठबन्धनको गडबड टर्याे

काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा  पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रीहरूसँग कामको ब्रिफिङ मागेका छन्

Techie IT