Techie IT
२०८१ पुस १८, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रहडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन यसरी जुट्यो सरकार

हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन यसरी जुट्यो सरकार


काठमाडौं । नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी सरकारका नाममा ल्याउने प्रक्रिया थालनीका लागि सम्बन्धित मन्त्रालय लागेका छन् ।

भूमि व्यवस्था, सहकारी, गरिबी निवारण मन्त्रालय र गृह मन्त्रालयले यो विषयमा नेपाल प्रहरीसँग ब्रिफिङसमेत लिएका छन् । गृहमन्त्री रमेश लेखकले शेरा दरबारले चर्चेको जग्गाबारे चाँडो अनुसन्धान सकाउन प्रहरीलाई निर्देशन दिएका छन् । भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरिसकेको र यसका लागि मालपोत कार्यालय र विभागलाई निर्देशन दिएको बताइएको छ ।

गृहमन्त्री लेखकले नेपाल प्रहरीका प्रमुख वसन्तबहादुर कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख एआइजी दीपक थापालाई गृह मन्त्रालयमा बोलाएर यस विषयमा छानबिन प्रक्रिया द्रुत गतिमा अघि बढाउन पनि निर्देशन दिएका छन् ।

त्यस क्रममा सिआइबीका प्रमुख एआइजी थापाले शेरा दरबार र त्यसले चर्चेको जग्गा नेपाल सरकारका नाममा हुने आधार र कारण पेस गर्दै सरकारले चाहे कारबाही अघि बढाउन सकिने बताएका छन् । सिआइबीले नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६४ रोपनी जग्गा जफत गर्न सरकारसमक्ष शुक्रबार सिफारिस गरेको थियो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

संघीय मन्त्रीको दाबी- सडकका खाल्डा हामीले पुर्यौं, जस बालेनले पाए

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडकका खाल्डाखुल्डी आफूहरुले पुरेको तर जसचाहिँ काठमाडौं महानगरका मेयर बालेन शाहले

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

नयाँ पार्टी खोल्दै भीम रावल, कांग्रेस बिपीका उपसभापति र सुदूरपश्चिमका…

काठमाडौं । नेकपा (एमाले) को संगठित सदस्यबाट निस्कासित भएका भीम रावलले पार्टी खोल्ने तयारी गरेका छन् । जसको तयारीस्वरुप रावलले

माओवादी नेता पुन भन्छन्- सरकारले रविमाथि राजनीतिक पूर्वाग्रह राखेकै हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताएका

सिके राउतले नेताको पक्षमा पोष्ट नगर्नेलाई जनमत पार्टीबाटै हटाउने

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा कडाइ गर्ने भएको छ । यतिसम्म कि पार्टीका

भीम रावलको बजारीकरणमा ‘विचलनमुखी एमाले’को मलजल

दशौं महाधिवेशनपछिका उनका अस्वाभाविक, उग्र र बजारमुखी अभिव्यक्तिहरु कम्युनिष्ट पार्टीमा त के कुनै सामाजिक कार्यको उपभोक्ता समूहमा पनि सुहाउने किसिमको

Techie IT