Techie IT
२०८१ मंसीर २६, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित)

बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित)

न्याय नपाएपछि प्रभावितहरु अदालतसम्म


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– १,२ र ५ को सीमा कुम्भेश्वरमा ड्याम निर्माण गरेर जुगल–१ को अरुबोटेमा पावरहाउस हुने गरेर निर्माण भइरहेको बलेफी जलविद्युत आयोजनाले स्थानीयलाई ढाटेर बढी क्षमताको विद्युत उत्पादन गर्न लागेपछि स्थानीय आक्रोशित भएका छन् ।

मुनलाईट हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको बलेफी जलविद्युत आयोजनाले सुरुमा १० मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने जानकारी गराएको थियो । तर अहिले स्थानीयसँग भनेको भन्दा बढी अर्थात २२ दशमलब १४ मेगावाटको विद्युत उत्पादन गर्न संरचनाहरु निर्माण गएपछि आफुहरुलाई ढाटेर बढी मेगावाट उत्पादन गर्न लागेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

भिडिओमा हेर्नुहोस्

बढी मेगावाट उत्पादन गर्दा देशका लागि फाइदा हुने भएपनि आफुहरुसँग गरिएको सहमती बेगर स्थानीय स्रोत र साधानको ढाँठछल गरेर कम्पनीले हडपेको आयोजना प्रभावित जुगल–१ का स्थानीय गंगाविक्रम थापा ले जानकारी दिए । हामीसँग एउटा सहमती गर्ने अनि अहिले हाम्रो स्रोत साधानको गलत रुपमा उपभोग गर्ने थापाले भने–‘आयोजनाले स्थानीयसँग छल गरेको छ। ’ आयोजनाको वेवसाइटमा समेत १० दशमलब ६० मेगावाट विद्युत उत्पादन गर्ने भनिएको छ ।

मुनलाइट हाइड्रोले निर्माण गरिरहेको उक्त आयोजनाको प्रारम्भीक वातवरणीय परिक्षण गर्दा समेत १० दशमलब ६० मेगावाटको नै गरेको थियो । सुरुमा थोरै क्षमताको हुदा हाम्रो वन लगायत स्थानीय प्राकृतिक स्रोतको पनि कम क्षती हुने थियो तर अहिले क्षमता बढाएपछि वन क्षेत्र समेत बढी क्षती हुने भएको छ प्रभावित क्षेत्रका थापाले बताए । आयोजनाको सुरुमा पावरहाउस समेत जुगल–१ को कुमाले भन्ने स्थानमा थियो तर अहिले त्यहाँबाट पावरहाउस समेत सारेर त्यो भन्दा तल स्थानीय आरुबोटे भन्ने स्थानमा लगिएको छ र त्यहाँ पावरहाउसको संरचना निर्माणको कार्य भइरहेको छ ।

न्याय नपाएपछि प्रभावितहरु अदालतसम्म

आयोजनाले माथिल्लो तहका कर्मचारीहरुसँग मिलेमतो गरेर बढी क्षमताको विद्युत उत्पादन गर्न लागेको स्थानीयको आरोप छ । वन क्षेत्र लगायत अन्य को प्रारम्भीक वातवरणीय परिक्षण र सार्वजनिक सुनुवाई समेत नगरी आफुहरुलाई आयोजनाले विस्थापित गर्न लागेको भन्दै आयोजना मुख्य प्रभावित जुगल–१ बाजसिम्लेका स्थानीयले १ वर्ष अगाढी जिल्ला अदालत चौतारामा मुद्दा समेत दायर गरेका थिए ।

हाम्रो मुख्य बस्ती भन्दा ५ मिटर माथीबाट पाइप लाइन जादैछ,पाइप लाइनमा समस्या भयो भने बस्ती नै बगाएर लैजान्छ स्थानीय गंगा विक्रम थापाले भने–‘आयोजना,स्थानीय सरकार,विद्युत विकास विभाग लगायत सबैमा अनुरोध गर्दा पनि सुनुवाई नभएपछि अदालत सम्म गएका हौ ।

मुनलाईट हाइड्रोपावरले निर्माण गरिरहेको बलेफी जलविद्युत आयोजनाले ड्यामबाट पावरहाउस सम्म सुरुङबाट नभइ ‘हेडरेस पाइप’ बाट पानी लगेर पेनस्टक पाइपको माध्यमबाट पावरहाउस सम्म पानी लगेर विद्युत उत्पादन हुने छ । हेडरेस पाइपबाट पानी लैजादा ‘फ्लड’हरुको जोखिम हुने जलविद्युत विज्ञहरुको भनाई छ । सुरुङ भन्दा हेडरेस प्रविधिबाट विद्युत उत्पादन हुदा लागत कम हुने भएकाले भौगोलिक वनावट सहज भएको क्षेत्रमा यो प्रविधिबाट पानी लगेर विद्युत उत्पादन हुने जलविद्युत विज्ञहरुको भनाई छ ।

बस्तीको ५ मिटर माथी रहेको भण्डारे सालघारी वन क्षेत्रबाट हेडरेस पाइप राखिने हुदा बाढी पहिरो जाँदा बस्तीलाई ठुलो असर गर्ने विज्ञहरुको भनाई छ । भुर्गविदहरुले समेत २०७२ को भुकम्पपछि यो क्षेत्रलाई अति जोखिममा राखेकाले बस्तीको नजिकै माथीबाट पाइप लैजादा आफुहरुको बस्ती जोखिममा परेको प्रभावित क्षेत्रका स्थानीयको भनाई छ ।

आफुहरु आयोजनाको विरोधी नभइ सहयोगी नै भएको बताउदै स्थानीय भण्डारे सालघारी सामुदायिक वन उपभोक्ता समितिका निर्वतमान अध्यक्ष आन्नद थापाले भने बस्ती माथीबाट होइन बस्ती तलबाट संरचना बनाएर पाइप लैजानु पर्छ । अदालतमा प्रभावितहरुले मुद्दा हालेपछि दुवै पक्षलाई छलफल र समन्वय गरेर विवाद समाधान गर्न भनेपनि आयोजनाले केही राजनीतिक दलका नेताहरुलाई हातमा लिएर आफुहरुलाई पेलेर अगाढी बढेको स्थानीयको आरोप छ ।आयोजनाको हेडरेस पाइप लैजाने बाटो मुनी ५० भन्दा बढी घरधुरी रहेका छन् । सबै बस्ती गर्दा आयोजनाबाट २ सय बढी घरघुरीहरु प्रत्यक्ष प्रभावित हुने स्थानीयको भनाई छ ।

स्थानीय ले मुआब्जा पाएका छैनन्, आयोजना आइपीओ निकाल्ने तयारीमा

२०६९ मा पीपीए भएको आयोजनाको निर्माण अवीध सकिएको लामो समय भइसक्यो । निर्माण सुरु गरेको १० वर्ष भन्दा बढी भइसकेपनि आयोजनाको हालसम्म ३० प्रतिशत पनि संरचनाको काम सकिएको छैन । आयोजना सुरु भएको तिन वर्ष भित्र सम्पन्न गर्नुपर्ने भएपनि आयोजना कहिले निर्माण सम्पन्न हुन्छ अन्यौल नै रहेको छ ।

आयोजना प्रभावितहरुको मुआब्जा बापत लाखौ रकम आयोजनाले दिनै बाँकी रहेको छ । आयोजना भने स्थानीयको मुआब्जा लगायत स्थानीय विवाद मिलाएर आयोजना निर्माण गर्ने भन्दा पनि आइपीओ निकाल्ने तयारीमा लागेको छ । आइपीओमा पैसा कलेक्सन गरेर अन्य क्षेत्रमा लगानी गर्नका लागि आयोजनाले बठ्याइ गरेको स्थानीले जानकारी दिए ।

स्थानीय क्षेत्रमा बग्रेल्ती समस्या छन्,आयोजनाका कर्मचारीहरु आयोजना स्थलसम्म पुग्न सकेका छैनन्,जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई साथमा लिएर स्थानीलाई पेलेर आइपीओ निस्कासन गर्ने आयोजनाको नियत ठिक छैन आयोजना प्रभावित बलेफी गाउँपालिका–१ का पुर्व वडाअध्यक्ष मधु थापाले भने । वनसँग सहमती छैन,मुआब्बजा दिएको छैन अनि कसरी आइपीओ निस्काशीत हुन्छ थापाले भने स्थानीय स्तरको विवाद मिलाएर मात्रै आइपीओ ल्याउनु पर्छ । आयोजनाले अधिग्रहण गर्न लागेको जग्गाको ८० प्रतिशत भन्दा बढीको मुआब्बजा बापतको रकम आयोजनाले दिन बाँकी रहेको छ ।

लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१०० अंकित दरका रु.१,७६१,००५,००० रकम बराबरको १,७६,१०,०५० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता भइसकेको छ ।

आफै सञ्चालक,आफै ठेकेदार,गुणस्तर मापन गर्ने छैन सयन्त्र

मुनलाईट हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको २२ दशमलब १४ मेगावाट क्षमताको बलेफी जलविद्युत आयेजनाको मुख्य सञ्चालक हुन् विरेन्द्र न्यौपाने । न्यौपाने आफै कम्प्नीको सञ्चालक भएपनि जलविद्युत आयोजनाको अधिकांश निर्माणको जिम्मेवारी आफैले लिएका छन् । आफै सञ्चालक आफै ठेकेदार भएपछि अहिले निर्माण भइरहेको संरचना निर्माणको गुणस्तर मापन गर्ने कुनै सयन्त्र नै छैन । जलविद्युत विज्ञहरु भने आफै सञ्चालक आफै ठेकेदार हुने प्रवित्ति गलत भएको बताउछन् । नियमनकारी निकाय आफै नै ठेकेदार भएपछि कामको गुणस्तर कस्ले मापन गर्छ ? विज्ञहरुले भने यो गलत छ । सञ्चालक न्यौपाने ठेकेदार भए आफै काम गरेर मोटो रकम आयोजनाबाट लिने र जलविद्युत आयोजनामा थोरै मात्रै शेयर राखेर उम्कीने योजनामा रहेको स्रोतको दाबी छ ।

आयोजना भन्छ–अपग्रेड गर्दा सार्वजनिक सुनुवाई गर्नु पर्दैन

रन अप द रिभर प्रकारको यो जलविद्युत आयोजनाले सुरुमा १० दशमलब ६० मेगावाट क्षमताको मात्रै सार्वजनिक सुनुवाई गरेर आयोजना निर्माण सुरु गरेपनि पछि २२ दशमलब १४ मेगावाट क्षमताको बनाइएको आयोजना प्रमुख संदिप जिसीले जानकारी दिए । थप भएको क्षमताको लागि फेरी सार्वजनिक सुनुवाई गर्नुनपर्ने रहेछ,त्यही भएर नगरेका हौ जिसीले भने–‘आइपिओ निस्कासन गर्न लागेको बारेमा मलाई जानकारी छैन ।’ आइइ पनि सुरुको क्षमताको मात्रै गरेको र अहिले थपिएको बाँकी क्षमताको लागि ‘सप्लीमेन्ट्री’ आइइइ गर्ने प्रक्रियामा रहेको आयोजना प्रमुख जिसीले बताए ।

प्रभावित क्षेत्र कुन कुन हुने,मुआब्जा लगायत सबै क्षेत्र विद्युत प्राधिकरण को भएको उनको भनाई थियो । साढे ३ अरब रुपियाँको लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लामोसाँघुमा रहेको सबस्टेशन मार्फत केन्द्रीय प्रशारण लाइनमा जोडीने भएपनि आयोजना कहिले सम्पन्न हुन्छ अन्यौल नै रहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कथा: स्वर्ग-नर्क

माधवराज गाउँका जानेमानेका ब्राह्मण थिए। साह्रै सरल जीवन जिउने उनी गाउँघरमा जजमान गरेर आफ्नो गुजारा चलाउँथे। धर्मप्रति उनको गहिरे आस्था

प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन् ।

नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि…

नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ

वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा

राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी

काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा

काठमाडौंलाई पानी दिएबापत हेलम्बुबासीले पाउने भए बिक्रीको २५ प्रतिशत रकम

काठमाडौं । मेलम्ची आयोपानी आयोजनाअन्तर्गत काठमाडौंबासीलाई पानी दिएबापत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बिक्रीबाट आउने रकमको २५ प्रतिशत पाउने भएको छ ।

Techie IT