गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी स्वर्णपत्र मंगलबार, २०८१ कात्तिक २७ गते, १२:३० मा प्रकाशित मुख्यपत्र काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार कास्कीबाट रुपन्देही लगिएको छ । प्रहरीका अनुसार रुपन्देहीको सरकारी वकिल कार्यालयमा बयानपछि सकेसम्म आजै पोखरा फर्काइने तयारी छ । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको अभियोगमा रुपन्देही जिल्ला अदालतले पनि यसअघि लामिछानेसहित १२ जनालाई पक्राउ पूर्जी जारी गरेको थियो । संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ । पोखरामा प्रधान कार्यालय रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत २ कात्तिकमा काठमाडौं वनस्थलीबाट लामिछानेलाई पक्राउ गरी पोखरा ल्याइएको थियो । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान भइरहेको छ । #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल । ५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको… काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र सर्त रहेको बताएका छन्। बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख लोकप्रिय १ भोटेकोशी नदिले बगायो लार्चाको पुल २ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ ३ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग ४ अपडेट: १९ यात्रु थिए दुर्घटना भएको जहाजमा, पाइलटको उद्धार ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ७ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ८ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक