Techie IT
२०८१ पुस ९, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रतात्न थाल्यो उपनिर्वाचनको माहोल, कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

तात्न थाल्यो उपनिर्वाचनको माहोल, कहाँ-कहाँ हुँदैछ निर्वाचन ?


काठमाडौं । स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसीर १६ गते उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका मेयर एक, उपमेयर एक र वडाध्यक्ष ३४ गरी ४४ वटा रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयर र जाजरकोटको नलगाड नगरपालिकाका उपमेयरका लागि निर्वाचन हुनेछ ।

त्यस्तै, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपलिका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ र उदयपुरको त्रियुगा नगरपालिका–१२ मा वडाध्यक्षको निर्वाचन हुनेछ ।

यसैगरी, उदयपुरको बेलका नगरपालिका–९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ को वडाध्यक्षका लागि निर्वाचन हुनेछ ।

त्यस्तै काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. १ र ४, काठमाडौं महानगरपालिका–१६, नुवाकोटको ककनी गाउँपालिका–२, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, गोरखाको गोरखा नगरपालिका–५, गुल्मीको मुसिकोट नगरपालिका–१, रोल्पाको रुन्टीगढी गाउँपालिका–४, बर्दियाको ठाकुरबाबा नगरपालिका–४, रुकुम (पूर्व)को पुथा उत्तरगङ्गा गाउँपालिका–२ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को वडाध्यक्षसहित ३४ वडाध्यक्षका लागि निर्वाचन हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

नेपाल टेलिकमले दिने भयो ३० प्रतिशत लाभांश

काठमाडौं । नेपाल टेलिकमले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले

रवि लामिछानेसहित ४४ जनाविरुद्ध ३ कसुरमा दर्ता भयो अदालतमा मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको…

काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं

कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु

काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको

झापामा दुई युवतीसँग रात बिताएका एक पुरुषको होटलकै कोठामा मृत्यु

काठमाडौं । दमकको बसपार्कस्थित मिलन होटेल एन्ड लजमा दुई युवतीसंग रात बिताएका एक पुरुष बिहीबार बिहान मृत फेला परेका छन्

कमल थापा भन्छन्- राज्यले रवि लामिछानेमाथि पक्षपात गर्यो

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति राज्यले पक्षपात गरेको बताएका

Techie IT