Techie IT
२०८१ मंसीर ५, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने

कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारलाई १५ बुँदे स्पष्टीकरण बुझाउँदैछन् । घिसिङले गत असोज २३ गते ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सोधेको १५ बुँदे स्पष्टीकरण जवाफ दिन लागेका हुन् ।

सरकारले घिसिङसँग सरकारले विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरण समेत मागेको छ ।

नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरणलगायतका विवरण मागेको छ ।

विगत ४ वर्षदेखि कार्यकारी निर्देशकबाट भएका बोलपत्र स्वीकृत, विभाग निर्देशनालयबाट भएका खरिद स्वीकृतिको समेत विवरण मागिएको छ । चित्तबुझ्दो जवाफ पेश नभए कुलमानलाई पदबाट हटाउने सरकारको तयारी छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी

पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ ।

पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले

गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना…

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा

काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी

रुपन्देहीबाट कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रविलाई पोखरा पठाइँदै

काठमाडौं । सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका व्यवसायी कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी

सीआईबीसँगको बयानमा धनराजले भने- सहकारीका कारण श्रीमतीसँगै सम्पत्ति र इज्जत…

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफूले पत्नीसँगै इज्जत र सम्पत्ति गुमाएको बताएका छन् । नेपाल प्रहरीको

Techie IT