गृहपृष्ठ ∕ मुख्यपत्र ∕ गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत स्वर्णपत्र सोमबार, २०८१ जेठ २८ गते, १७:०८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका नेसपा सांसद फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेर मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । सोमबारको प्रदेश सभा बैठकमा देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो । प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३१ सांसदले पक्षमा मतदान गरे । पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २, राजीव गुरुङ (दीपक मनाङे) र माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटाले मतदान गरे । प्रस्तावको विपक्षीमा नेकपा एमाले २२ र माओवादीका ६ सांसदले हस्ताक्षर गरेका हुन् । नेपाली काँग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ को उपधारा ३ अनुसार जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । #मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु) सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ झनपछि झन् उदांगिँदै रास्वपा ! ३ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ४ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ५ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ६ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ७ फेरि जोडिने भयो उद्योगमा काटिएको बिजुली