गृहपृष्ठ ∕ मुख्यपत्र ∕ प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री प्रचण्ड आजै स्वदेश फर्कने स्वर्णपत्र सोमबार, २०८१ जेठ २८ गते, ०७:५८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आइतबार बेलुका भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । उनी आइतबार नै भारतको नयाँदिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ । #भेटवार्ता तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक… काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख… काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ? काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ । सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ । लोकप्रिय १ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई २ विद्या भण्डारीको नेतृत्वमा वामएकता गर्ने प्रचण्डको ट्याक्टिस ३ अब अनलाइनबाटै टीयूको ट्रान्सक्रिप्टका लागि आवेदन दिन पाइने ४ जेल चलान भए रवि लामिछाने ५ झापामा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइँदै ६ काठमाडौं महानगरका पाँच कर्मचारी संगठनले मागे राजु पाण्डेको निलम्बन ७ राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित) ८ थाइल्याण्डमा ओली र मोदीबीच भेटवार्ता