गृहपृष्ठ ∕ मुख्यपत्र ∕ अस्मिताले विष खुवाएर दुई छोरीलाई मारेको शंका, प्रहरी अनुसन्धान तीव्र अस्मिताले विष खुवाएर दुई छोरीलाई मारेको शंका, प्रहरी अनुसन्धान तीव्र स्वर्णपत्र बुधबार, २०८१ भदौ १९ गते, १३:३४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । दुई छोरीलाई विष खुवाएर बेपत्ता भएको आशङ्का गरिएकी मोरङ सुन्दरहरैंचाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र १ वर्षकी छोरी आईका र ३ वर्षकी छोरी अर्पणाकी आमा अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । अस्मितालाई प्रहरीले बुधबार बिहान झापाबाट पक्राउ गरेको हो । घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ । मोरङ प्रहरीका अनुसार उनको शारीरिक अवस्था कमजोर छ । अस्मिताको उपचार सुरु गरिएको प्रहरीले जनाएको छ । आमा अस्मिताले गत शुक्रबार दुई छोरीलाई सँगै लिएर हिँडेकी थिइन् । तर, दुवै छोरीको शव शनिबार दिउँसो केरा बारीमा फेला परेको थियो । आमा भने भेटिएकी थिइनन् । अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भई सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा अर्जुन बस्दै आएका थिए । उनले नयाँ घर पनि बनाउँदै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि २ जना छोरीलाई लिएर अस्मिता बेपत्ता भएकी थिइन् । प्रहरीले छोरीलाई विष खुवाएर हत्या गरेको निष्कर्ष निकालेको छ । #स्मिता कार्की तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु) सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ३ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ४ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ५ झनपछि झन् उदांगिँदै रास्वपा ! ६ ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित) ७ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ