गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटायो रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटायो स्वर्णपत्र मंगलबार, २०८१ भदौ ११ गते, ११:४१ मा प्रकाशित मुख्यपत्र काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गरेको हो । पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो । तर त्यसबिचमा ढकालले निरन्तर पार्टी सभापति रवि लामिछाने, उपभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याल लगायत पदाधिकारी तथा केन्द्रीय नेताहरू विरुद्ध बोलेका थिए । त्यसपश्चात् यसअघिको केन्द्रीय समिति बैठकको निर्णयअनुसार रास्वपाले उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो । अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जवाफमा ढकालले सभापति रवि लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ भनेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । #मुकुल ढकाल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरु) सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्य भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको बिआरआईले बिथोल्दै गठबन्धन, सत्तामा हलचल प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने बिआरआई सम्झौता कार्यान्वयनका विषयमा सत्तासाझेदार कांग्रेस र एमालेबीच मत बाझिएसँगै सत्ता यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाईमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोकप्रिय १ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने २ सानो भर्याङबाट पक्राउ परे दीपक मनाङे ३ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ४ झनपछि झन् उदांगिँदै रास्वपा ! ५ रविलाई रुपन्देही लगियो, आजै पोखरा फर्काउने तयारी ६ पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ ७ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन