Techie IT
Sunday, April 20, 2025 | आईतबार, वैशाख ८, २०८२
२०८२ वैशाख ८, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमाओवादी फुटाउनै चाहन्छन् जनार्दन, तर छैन ‘ब्याकफोर्स’

माओवादी फुटाउनै चाहन्छन् जनार्दन, तर छैन ‘ब्याकफोर्स’


काठमाडाैं । नेकपा माओवादी केन्द्रभित्र चर्किएको द्वन्द्व विस्फोटउन्मुख छ । खासगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच बढेको द्वन्द्व सहजै साम्य हुने खालको पनि छैन ।

यतिसम्म कि, द्वन्द्वको उत्कर्षस्वरुप शर्माले पार्टीनै फुटाउने सम्भावना बढेको छ । शर्माको आक्रामक पारा देखेर प्रचण्ड केही खस्किएका पनि छन् । त्यसैले त स्थायी कमिटी बैठकबाट बाहिरिँदै प्रचण्डले भनेका थिए, ‘प्रभाकरले पार्टी फुटाउँछन् भन्ने हल्ला गलत हो ।’

तर, अझै जनार्दन थुमथुमिएका छैनन् । रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको एक कार्यक्रममा जनार्दनले दिएका अभिव्यक्तिबाट प्रष्ट हुन्छ कि, उनी अझै आक्रामक मुद्रामै छन् । जुनकुनै बेला जे पनि निर्णय गर्न सक्छन् ।

खासमा जनार्दनले पार्टी नेतृत्वप्रति उठाएका अधिकांश प्रश्न जायज छन् । धेरै माओवादी नेता तथा कार्यकर्तालाई पनि उनका सवालहरु ठिक लागेका छन् । तर बिडम्बना, शक्तिभक्त कार्यकर्ताहरुले उनलाई साथ दिएका छैनन् ।

यतिसम्म कि, स्थायी कमिटीमा एकजना पनि जनार्दनको पक्षमा देखिएका छैनन् । त्यसैले पार्टी फुटाउन चाहे पनि आफ्नो पक्षमा नेता, कार्यकर्ता नहुँदा जनार्दन माओवादीभित्रै खुम्चुनु परेको छ ।

देव गुरुङलाई महासचिव बनाएदेखिनै चाम्रिएका जनार्दन फेरि फुल्न र फैलन चाहन्छन् । तर, शक्ति सञ्चय नहुँदा उनलाई समस्या परेको छ । तर अझै पनि दुई प्रभावशाली नेताबाट पार्टीमा आन्तरिक दबाब झेलेका अध्यक्ष प्रचण्ड भने जसरी पनि गणितमा टिकिरहने ध्याउन्नमा छन् ।

किनकि, यसअघि पनि जनार्दन र वर्षमानबीच प्रचण्डले खेल्दै आएका थिए । अहिले जनार्दन र वर्षमान नजिकिएपछि प्रचण्डले पार्टी एकताको अर्को कार्ड फ्याँकेका छन् । विप्लवको नेकपा र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरेर बलियो हुने ध्यानमा रहेका प्रचण्डले अझै जनार्दनलाई फकाउने प्रयास भने गरिररहनेनै छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

राजेन्द्र लिङ्देनसहितका नेताहरु सिंहदरबारबाटै पक्राउ

काठमाडौं । प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको छ। राप्रपाले आज गरिरहेको प्रदर्शन उग्र हुने सम्भावना देखेपछि

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

Techie IT