Techie IT
Sunday, December 14, 2025 | शनिबार, मंसीर २७, २०८२
२०८२ मंसीर २७, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रके हो धरानमा चर्किएको खानेपानी महसुल विवादको जड ?

के हो धरानमा चर्किएको खानेपानी महसुल विवादको जड ?


काठमाडौं । पछिल्लो समय धरानमा खानेपानी महसुलको विषयमा बढेको विवादले उग्ररुप लिँदै गएको छ । कुनैबेला जनश्रमदानबाट धरानमा पानी ल्याएको भनेर ‘हाइहाइ’ भएका धरानका मेयर हर्क साम्पाङसमेत अहिले खानेपानी महसुल विवादकै कारण निकै आलोचित भइरहेका छन् ।

यतिसम्म कि, खानेपानीको मुद्दाकै कारण चुनाव जितेका र लोकप्रिय भएका मेयर साम्पाङविरुद्ध अहिले धरानबासी नै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका क्रममा हिजो धरान दिनभर अशान्त रह्यो । प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भयो । एक प्रहरीसहित तीनजना घाइते भए ।

यसरी उग्र आन्दोलन भइरहेको धरानको खानेपानी महसुल विवादको चुरो के हो त ? धेरैको चासो विषय छ ।

खासमा धरानमा खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले दिएको परामर्श बमोमिज खानेपानी व्यवस्थापन बोर्डले मूल्य निर्धारण नगरेपछि स्थानीय आक्रोशित भएका हुन् । उनीहरुले खानेपानीको पुरानै महसुल दर कायम नभएसम्म आन्दोलन गरिरहने बताउँदै आएका छन् । हुन पनि धरानमा अत्याधिक मात्रामा खानेपानी महसुल बढाइएको छ । यहाँ नयाँ धारा जडान गनर्कका लागि खानेपानी बोर्डले ५ हजार रुपैयाँ बढाएको छ ।

अर्थात् पहिला १५ हजार रुपैयाँ लाग्ने ठाउँमा अहिले २० हजार र २० रुपैयाँ लाग्ने ठाउँमा २५ हजार रुपैयाँ पुर्याइएको छ । त्यस्तै यसअघि १० हजार रुपैयाँ तिर्नुपर्ने ठाउँमा ५० हजार रुपैयाँसम्म पुर्याइएको छ । यसरी मनलाग्दी महसुल बढाएपछि स्थानीय आन्दोलित भएका हुन् । मेयर साम्पाङले भने ऋणभार बढेकाले खानेपानीको शुल्क बढाउनु आफूहरुको बाध्यता भएको बताएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन

हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल ।

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको…

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा

सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र सर्त रहेको बताएका छन्।

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख

Techie IT