Techie IT
२०८१ मंसीर ६, बिहीबार
swarnapatra logo
गृहपृष्ठविचार/साहित्य‘मेयर सा’प, अझै अरुलाई सरापेर मात्रै सुख पाइन्छ ?’

‘मेयर सा’प, अझै अरुलाई सरापेर मात्रै सुख पाइन्छ ?’


आदरणीय मेयर सा’प नमस्कार ! सर्वप्रथम त म तपाईँको धेरै ठूलो प्यान भएको जानकारी गराउँदै स्वर्णपत्र अनलाइनकोे माध्यमबाट केही कुराहरु लेख्दैछु ।

पक्कै पनि तपाईँका शुभचिन्तक, सामाजिक संजालका पेज प्रयोगकर्ता र तपाईँका नजिकका प्रियहरुले यो कुराहरु तपाईँको कानसम्म पुर्याउनु हुन्छ भन्ने आशा राख्दछु ।

मेयर सा’पलाई मैले भनेका कुराहरु अहिले तत्काल तितो लागेर नओकलिहाल्नु होला ! मेयर सा’प जत्तिको मान्छेलाई थाहा नै हुनुपर्छ, तितो चिज खाँदा तत्काल त नमिठो होला तर कालान्तरमा त्यो एकदमै मिठो हुन्छ । आजभोलि तपाईँ गुलियोतिर धेरै भुलिरहनु भएकोले तपाईँको मन मस्तिष्क र शारीरिक अवस्थालाई राम्रो होस् भनेर तितो विषयमा तिता कुरा लेख्दैछु ।

मेयर सा’प हजुरलाई सुरुमै भनिहाल्छु– म कुनै पार्टीको कार्यकर्ता हैन । मैले कुनै संगठनमा रहेर कसैको भक्तिगान गाउने गरेको पनि छैन । तपाईँको बुझाइमा पार्टी संगठन भन्नासाथ सबै झोले र सबै मलाई सकाउन लागेका छन् भन्ने हुनसक्छ । जुन कुरा तपाईँका अभिव्यक्ति र लेखाइले पनि बुझाउँछ ।

म त नेपाली रंगमञ्चमा सिक्दै, सिकाउदै संर्घष गर्दै अगाडि बढिरहेको एक सामान्य कलाकार हुँ । समय परिस्थिति र देशको अवस्थालाई मध्यनजर गर्दै कहिलेकाहीँ रेडियोतिर कार्यक्रम पनि चलाउँछु । म एक अतिनै सामान्य संचारकर्मी पनि हुँ । मेरा सिर्जनाहरु हेर्न मन लाग्यो भने मेयर सा’पले सामाजिक संजाललाई प्रयोग गरेर मलाई चिन्न सक्नुहुन्छ । तर देश र समाजका लागि अग्रणी भूमिका खेल्ने र सकरात्मक सोच भएका नेता, नेतृत्व, सामाजिक अभियान्ता या व्यक्ति सबैका बारेमा लेखेको छु । उहाँहरुको देश समृद्ध बनाउने अभियानमा आप्mनो सिर्जनामार्फत साथ समेत दिएको छु । चाहे ती राजनीतिक दलका हुन् या अन्य !

मेयर सा’पलाई अर्को पनि जानकारी गराउन चाहान्छु । तपाईँका फेसवुकका हरेक कमेन्टलाई नजिकबाट नियालिरहेको हुन्छु । कति कुरा सारै चित्त बुझेर कमेन्ट पनि गर्ने गरेको छु । जुन कमेन्टमा धेरै लाईकसमेत आउथ्यो । देशका पुराना भनिएका पार्टीका नेता, नेतृत्व र सरकारमाथि नेपाली युवाहरुको आक्रेश तपाईँमार्फत आउँथ्यो । हामीले सिधै भन्न नसकेका कुरा देशको राजधानीको मेयर सापले भनेपछि कसलाई चित्त नबुभ्mला र ? त्यहीं भएर हो तपाईंले सिंहदरबार जलाउँछु भन्दा खुसी हुनेहरु धेरै थिए ।

त्यहीं कारण तपाईँका फेसबुक स्टाटसमा मिनेटमै हजारौं लाईक र सयौं कमेन्ट आउँथ्यो, सेयर हुन्थ्यो । जसकारण समान्य मान्छेले तपाईँको लोकप्रियताको आकलन गर्थे । जुन थियो पनि, तर आज तपाईँको लेखाइ र गराइमा विल्कुल बदलाव आएको छ । ‘कामकुरो एकतिर कुम्लो बोकी ठिमीतिर’ भनेर तपाईँले अरुलाई भनेको जस्तो तपाईँ आफैबाट हुँदै आएको छ । अरुलाई चोर फटाहा भनेर आफू सज्जन देखिने दुष्प्रयास गर्नुभएको छ । जसले तपाईंलाई नङ्गाइरहेको छ ।

तपाईँ एक कुशल इन्जिनियर, भिजनसहितको युवा नेतृत्वबाट आज सन्काहा, निरंकुश प्रवृत्ति देखिनु दुखद सत्य हो । मेयर सा’प आजभोलि तपाईँ कसको इसारामा चल्दै हुनुहन्छ ? तपाईँलाई केले चलाएको छ ? तपाईँ के खानुहुन्छ ? तपाईँका सल्लाहाकारले तपाईँलाई के सल्लाह दिइरहेका छन् ? एकछिन ध्यानमा बसेर आफूले आफूलाई खोज्ने बेला आएको छ मेयर सा’प !

तपाईँ काठमाडौ महानगरको नेतृत्वमा आउनु भएको दुई वर्ष पुगेको छ । यो दुई वर्षमा काठमाडौको वातावरणीय अवस्थालाई हेर्न हो भने केही परिवर्तन पक्कै आएको छ । तपाईँले सुरुवातका चरणमा जसरी नक्सा पास नभएका भौतिक संरचना र सार्वजनिक स्थललाई खाली गराउने अभियानको सुरुवात गर्नु भयो, त्यसबाट विस्तारै आशाका दीयोको ताप बढ्दै थियो । देशकै राजधानीमा रहेका नागरिकहरुले न्यानोको आभाष गर्दै थिए ।

‘काठमाडौं साच्चै पाँच वर्षमा साँस्कृतिक शहर हुनेछ । यहाँको इतिहास, सभ्यता, कला, संस्कृति पढ्न र हेर्न विश्वका नागरिक काठमाडौ महानगरमा आउनेछन् । देशको राजधानी साँच्चै विश्वका अन्य देशको राजधानी जस्तै बन्नेछ ।’ यो आशा यसकारण पनि सबैको थियो कि, हरेक अवस्था र निर्वाचनमा नेपालका पुराना पार्टीहरुसंग वितृष्ण बढ्दै जाँदा नेपाली जनताले वैकल्पिक शक्ति खोजिरहेका थिए । त्यहीं बेला तपाईं उदाउनु भयो र चम्कनुभयो । तर तपाईंको चम्काइ क्षणिक भयो । जसकारण आज नागरिक निराश छन् ।

मेयर सा’पले राजनीतिले तहननसहस भएको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि विद्यालयमा राजनितीलाई निस्तेज पारिदिनु भयो । काठमाडौंका विद्यालयहरुमा शुक्रबार ‘बुक फ्री’ बनाइदिनुभयो । जसबाट विद्यार्थीहरुले जीवनलाई समेत नजिकबाट बुभ्mन पाए । संगै धेरै वयवहारिक ज्ञानसमेत प्राप्त गरे । जुन कुराको जति तारिफ गरेपनि कम हुन्छ । तर मेयर सापलाई आजभोलि तारिफको मात लागेको अनुभुति हुँदैछ ।

मेयर सापको दिमागले अनि आँखाले जयजयकार मात्रै खोजिरहन्छ । कहिलेकाहीं त लाग्छ– मेयर सा’पको कालो चश्माको उपचार गर्ने बेला पो भएको हो कि ? किन हाम्रो मेयर सापमाथि बेइमान गर्दैछ त्यो चश्माले ? मेयर सापले बिर्सिनु भयो कि सम्झना छ ? तपाईँका चुनाव अगाडिका नारा कति थिए, कस्ता थिए ? यो दुई वर्षमा कति पूरा भए ? कति सुरुवाती चरणमा छन् ? कति नारामा मात्रै सीमित भए ? त्यसबारेमा कहिल्यै घोत्लिनु भएको छ त ? आजभोलि तपाईँलाई कामभन्दा पनि देउवा, ओली प्रचण्डहरुलाई गाली गरेर समय खेर गएको आभास भएको छैन ? तिनै पुराना नेता, नेतृत्वबाट देशको समृद्धि नदेखेर तपाईँलाई काठमाडौबासीले भोट हालेर पठाएका हुन् । तपाई पनि उनीहरु जस्तै एकले अर्कालाई गाली गरेर आफैं मात्रै राम्रो भएको उदाहरण पेश गर्ने लाइनमा जानुभएको हो भने अब रामरामबाहेक अरु भन्ने अवस्था नहोला ।

मेयर सा’प हजुरको महानगरमा १२ महिनामा बजेट खर्च जम्मा साढे ३६ प्रतिशत मात्रै भएको समाचारहरु आएको छ । उता तपाईंको सचिवालयका तपाईँका प्रिय पात्रहरुले गरेको अनियमितता (दैनिक १ लाखको खाजा मात्रै खाएको) गरेको समाचारहरुबारे कहिले सत्यतथ्य बाहिर ल्याउनुहुन्छ ? कहिले लेख्नुहुन्छ फेसुबक इस्टाटसमा मेयर साप ? सामाजिक संजालको लोकप्रियताले दिएको जित अनि ऊर्जालाई महानगरको विकासमा लगाउनुस् न ! अरुलाई हिलो छ्यापेर आफू ओभानो भएको भ्रममा बाँच्ने कठिन कोसिस .किन गर्नुहुन्छ ? आदणीय मेयर सा’प हजुरले आँ गर्दा अलङ्कार बुझिसक्नु भएको छ ।

त्यसकारण अन्त्यमा,

‘माननीय केपी ओली ज्यू’ भन्दै उमेश कार्कीले खिचेको काठमाडौं डुवानको फोटो हालेर गाली गर्नुभयो । गिरीबन्धुसंग काठमाडौं डुवान भएको तुलना गर्नुभयो । के यो आपसमा सुहाउँदो विषय हो ? बर्खायाममा काठमाडौंको स्थिति कस्तो हुन्छ ? पूर्व तयारीका लागि के–के गर्नुपर्छ ? महानगर भित्रका उच्चजोखिम ठाउँ कहाँ–कहाँ छन् ? त्यसको पूर्वअध्ययन र तयारीमा महानगर नलागेको परिणामले काठमाडौं डुबान भएको हेक्का मेयर सा’पले राख्नुभएको छ त ?

एउटा औंलाले अरुलाई चोर भनेर देखाइरहँदा बाँकी चार औंला आफैंतिर फर्किएको हुन्छ । मेयर सा’प तपाईँलाई काठमाडौं बनाउन काठमाडौंबासीले भोट हालेर पठाएका हुन् । काठमाडौ डुबाउन हैन । राम्रो काम गरेर विकास बजेट सकाउनुस्, संघीय सरकारले गरेका विकासका काममा आफूले स्वमित्व लिएर भ्रम छर्ने काम बन्द गर्नुस् । र, विस्तारै गुम्दै गएको विश्वासलाई फर्काउनुस् । फेरि पनि एक सफल स्वतन्त्र विकासवादी नेता बनेर देखाउनुस् । हार्दिक शुभकामना ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

झनपछि झन् उदांगिँदै रास्वपा !

डिपीको जस्तो ‘दास मानसिकता’ले न देशलाई भलो हुन्छ, न रास्वपालाई नै !

नाटक: न्याय

आज हस्तिनापुरले दुई जेष्ठ राजकुमारमध्ये एकलाई युवराज नियुक्त गर्नैछ महाराज। म चाहन्छु कि यो अपराधको न्याय राजकुमारले गरून् ताकि समस्त

प्रधानमन्त्रीलाई मदन भण्डारीको पत्र: समृद्ध मुलुक बनाउने यो मौका नगुमाउनुस्…

‘तपाईं चुनौतीको चाङमा मात्रै हुनुहुन्न, स्वर्णिम अवसरको संघारमा पनि हुनुहुन्छ । देश दुखेको बेला प्रधानमन्त्री बन्न सफल तपाईंले मल्हम मात्रै

स्वर्णयात्रामा सहयात्राको संकल्प (भिडिओसहित)

यत्ति हो कि, समाचारका नाममा भइरहेको भ्रमको खेतीलाई थोरै भए पनि चिर्न सकियोस् । निर्णायक भएर होइन, माध्यम भएर नागरिकमाझ

अग्रगमनका लागि संविधान संशोधन अपरिहार्य

‘सालासाली भर्ती केन्द्र’का रुपमा रहेको समानुपातिक निर्वाचन प्रणाली पनि कामै छैन । धर्म निरपेक्षताको विषयमा गम्भीर बहसको जरुरी छ ।

‘प्रदेश हटाऔं, स्थानीय तह घटाऔं’ (भिडिओसहित)

नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले संविधान संशोधनमार्फत अहिलेको प्रदेश संरचना खारेज गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

Techie IT