माधवराज गाउँका जानेमानेका ब्राह्मण थिए। साह्रै सरल जीवन जिउने उनी गाउँघरमा जजमान गरेर आफ्नो गुजारा चलाउँथे। धर्मप्रति उनको गहिरे आस्था थियो। गाउँघरमा हुने भजन कीर्तनमा उनी सधैं सरिक हुन्थे। एकदिन साँझपख घरको पूजापाठ गरेर उनी आफ्नो कोठामा आराम गर्न आए। ढोका धप्काएर ओछ्यानमा के बसेका थिए उनले आफ्नो ढोकामा एउटा युवक उभिएको देखे।
युवकलाई देखेर उनको मनमा सन्नाटा छायो। शरीरबाट डरले काँडा उम्रन थाल्यो। त्यो युवक दुई वर्षअघि उनको घरमा गाई चराउने काम गर्थ्याे। एकदिन अचानक त्यसको युवाअवस्थामै मृत्यु भएको थियो। दुई वर्षअघि मरेको युवकलाई आफ्नै अघि देख्दा उनी डराउनु स्वभाविक पनि थियो। अचानक त्यो युवकले ब्राह्मण पन्डितलाई आदरसहित नमस्कार गरेर आफ्नो परिचय दिन्छ। माधवराजले आफूले उसलाई चिनेको तर दुई वर्षअघि मरेको तिमी कसरी जिवित भयौ भनेर प्रतिप्रश्न गर्छन। युवकले आफू मरेपछि अहिले यमदूत भएको र अहिले त्यही गाउँको हरिकृष्णको प्राण हरण गर्न आएको जवाफ दिन्छ।
हरिकृष्ण केही समयअघि मात्र माधवराजकोमा आफ्नो छोराको विवाहको लागि कुन्डली मिलाउन आएका थिए। उमेरले पाँच दशक टेक्नै लागेका स्वस्थ थिए । तुरुन्त गइ हाल्छन जस्तो देखिँदैन थिए। मनमा शंका लागेर माधवराज सोध्छन् ‘ हरिकृष्ण त भर्खरकै छ ऊ कसरी जान्छ? युवकको भेषमा आएको यमदूतले भन्छ’, कालले उमेर हेर्दैन गुरुजी। अबको केही समयमा उसको पेटमा भयकर दुखाई हुन्छ। आइया पेट दुख्यो भन्नसाथ उसको प्राण हरेर म उसलाई यमलोक लाग्छु गुरुजी।’
यमदूतको कुरा सुनेर एकछिन सोचेर गुरुजी भन्छन् ‘ ठिक छ तिम्रो कुराको सत्यता केही छिनमा थाहा होला र सुन यदि तिमी साच्चीकै यमदूत हौ भने कहिलेकाहिँ मलाई दर्शन दिँदै गर।’ यमदूतले माधवराजको कुरामा सहमति जनाउदै अहिलेलाई जान्छु भनेर बिदा माग्छ। केहीसमय पछि उनले घर बाहिर हल्ला सुन्छन। के भएछ भनी हेर्न निस्कँदा उनले हरिकृष्णको मृत शरीर देख्छन। त्यो देखे पछि उनलाई साच्चै युवक यमदुत भएकोमा विश्वास हुन्छ।
केही हप्तापछि यमदूत नजिकैको गाउँमा कसैको प्राण हरन गर्न झर्छ। आफ्नो पुरानो मालिक माधवराजमा भेट्ने ईच्छाले ऊ माधवराजको अगाडि प्रकट हुन्छ। उसलाई देखेर माधवराज सजक हुन्छन्। हप्तादिनदेखि मनमा खेलेको प्रश्न सोध्ने मौका मिलेकोले उनले सोधिहाले ‘ तिमी यमदुत कसरी भयौ युवक?’ माधवराजको प्रश्न सुनेर यमदुत केही समय हाँस्छ र भन्छ ‘ गुरु यमलोकको आफ्नो बेग्लै कानुन हुँदोरहेछ। दुई वर्षअघि म मरे पछि म जस्तै यमदूत आएर मलाई नर्कमा पुर्याए। तब मैले जाने कि मैले त्योभन्दा अघि अनेकौ जन्ममा अनेकौ पटक नर्कको यात्रा गरिसकेको रहेछु। यदि एउटा आत्मा सयपटक मानिस भएर जन्मे पनि पाप गरि मर्छ भने त्यसलाई नर्कमा यमदूत बनाउने गरिदो रहेछ गुरुजी।’
माधवराजले प्रश्न गर्छन ‘यमदुत चै किन बनाउदो रैछन नि सय पटक नर्छ जाँदा?’ यमदुतले सहज जवाफ दिन्छ ‘ अनेकै पटक नर्क जांदा कस्तो पापको कस्तो सजाय दिने कति समय सजाय दिने सबै जानकारी हुदोरहेछ। त्यसकारण नयाँ आएको यमदुतलाई अतिरिक्त तालिम दिनु नपर्ने र कार्य सम्पादन चाडैं हुने भएकाले नर्कसंग परिचित आत्मालाई यमदुत बनाइने रहेछ गुरुजी।’ यमदुतको कुरा सुनेर माधवराजले आर्श्चर्य चकित रुपमा ‘ए’ भने।
नर्कको अनौठो व्यवस्था र यमदुतसंगको भेटले उनलाई जिउदै यमलोकको भ्रमणगर्ने इच्छा जाग्छ। उनी भन्छन् ‘ सुन मेरो एउटा कुरा मान्छौ।’ के कुरा गुरुजी। ‘ मलाई एकपटक जिवितै यमलोकको भ्रमण गर्न मन लाग्यो। तिम्रो कुराले मेरो मनमा कौतुहल जाग्यो। म जिवितै यमलोक पुगेर फर्के भने आफुले देखेको कुराले मानिसहरुलाई सवाधान गर्न सक्छु अनि सबै मानिसको पुन्य हुनसक्छ। एकदिन यमराज तिमीसंग खुशी भएको समय मेरो बिन्ती यमराजलाई सुनाइदेउन।’ माधवराजको आग्रह सुनेर यमदुत गम्भीर हुन्छ तर आफ्नो पुरानो मालिकलाई नाई भन्न नसकेर म कोशिश गर्छु गुरुजी भनेर अन्तर्धाम हुन्छ।
समय बित्दै जान्छ। एकदिन यमलोकको बार्षिक साधारणसभाको दिन आउँछ। यमराजले यमलोकको सबै विभागको उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्छन। युवक त्यो वर्षको उत्कृष्ट यमदुत घोषित हुन्छ। पुरस्कार लिन मन्चमा जादा यमराज भन्छन् ‘ तिम्रो के चाहना छ निसंकोच भन म पूरा गर्दिन्छु। तिम्रो काम देखि म अति प्रशन्न छु।’ यमराजको यो वचन सुनेपछि यमदुतलाई गुरुजीको आग्रह याद आउँछ र त्यही कुरा यमराजलाई बिन्ती बिसाउछ। यमदुतको मुखबाट माधवराजको कुरा सुनेर एकपटक यमराज जोडले हास्छन र भन्छन् । ‘
ब्राह्मणले नर्कमा देखेको कुरा मृत्युलोकमा गएर भन्दा मान्छेले त उसलाई पागल भन्छन् कि त ऊ आफै यहाँको भयानक दृश्य देखेर पागल हुन्छ। पृथ्वीलोकमा त ती सबै पागल हुन्छन् जो सत्य बोल्छन्। यो त भगवानको अपार माया हो तर पनि तिमीलाई मैले वचन दिई सके। तिमीले दुर्लभ चिज माग्यौ यसलाई म केही गरी पूरा गर्छु।’
यमराज फेरी भन्छन ‘ सुन तिमीहरुलाई मरेको ब्यक्तिबाट आत्मा ल्याउने अधिकार छैन। तिमी र दुईजना अरु केटाहरु लिएर पन्डितजी सुतेको समयमा वहाँको खाट सहित वहाँलाई लिएर आउ।’ रातमा सुतेको समयमा यमदुतहरुले पन्डितजी लाई जिवितै उठाएर यमलोक लगे।
नर्क पुगे पछि पन्डितजीको यमराजसंग सत्सङ भयो।यमराजले दुतहरुलाई आदेश दिन्छन् ‘ पन्डित जि आउनु भएको छ वहाँलाई सबै ठाउ घुमाउ सबै कुरा बुझाउ।’ यमराजले दुतहरुलाई पन्डितजी को सत्कारमा कुनै कमि नराख्न आदेश दिए। त्यसपछी दुतहरुसंग माधवराज नर्क घुम्न निस्किए। नर्कको भयकर दृश्य देखे पछि माधवराजको आङ आङ जस्कियो।
माधवराज देख्छन् कोही मानिसलाई जिउदै तातो तेलमा उमालिरहेको छ त कसैलाई टुक्राटुक्रा हुने गरी काटिरहेको छ। अलिक पर पुगेपछि उनले देखछन बेसहरा पापिहरुलाई त्यहाँ गिद्दहरु ठुँङ्छन र चुँडेर उडछन्।
पापीहरु पुन त्यही तेलको कराहीमा खस्छन। यति देख्ना साथ माधवराज दुतहरुलाई भन्छन् ‘ भयो पुग्यो मलाई नर्क घुम्न मैले देखि सके यहाँ के हुन्छ भनेर’ दुत भन्छ ‘ गुरुजी हजुरले अझै नर्क देख्नु भएको छैन। यो त सुरुवात हो। यमलोकमा जम्मा सात प्रकारका नर्क छन्। मानिसहरु आफ्नो कर्म अनुसार भिन्दाभिन्दै नर्कमा जान्छन्। ती नर्कको पनि अलगअलग विभाग छ गुरुजी।’ माधवराज भन्छन् ‘अब अरु नहेर्ने बस यति गुन गरिदेउ मलाई कि म यो ठाउ कहिलै फर्केर आउनु नपरोस्।’ दुत हास्छ र भन्छ हजुरलाई आउनु त पर्छ गुरुजी। किन भने सोध्दा दुत भन्छ ‘ हजुरलाई याद होला गुरुजी हजुरले एक पटक रामदासकोमा जुत्ता सिलाउनु भएको थियो।
उसले मेहनतको पाँच रुपैया माग्दा हजुरले ब्राह्मणको सेवा गर्न पायौ धन्य भयौ भनेर लोभवस टारेको। जसले कसैको सम्पति हडप्छ जसले अरुको हिसाबकिताब बकाया छोड्छ त्यसले पनि नर्क आउनु पर्छ।हो हजुरले त्यो पापको फल भोग्न नर्क आउनु छ किनकी रामदास पनि मरिसक्यो।’
माधवराज भन्छन् त्यसो भए दुतहरु मलाई रामदास भएको ठाउँमा लग म हिसाबकिताब यहि मिलाउछु। मलाई फर्केर फेरि नर्क आउनु छैन। दुतहरुले माधवराजलाई रामदास भएको ठाउँमा लग्छन। माधवराजले रामदासलाई पाँच रुपैया दिन खोज्दा रामदास भन्छ ‘ यो यमलोक हो ब्राह्मण यहाँ पैसा चल्दैन। तिमीले आफ्नो भागको फल भोग्नै पर्छ।’ मैले के भोग्नु पर्छ त भन्दा माधवराजले सोध्दा पाँच रुपैया बराबर ढाडमा पाँच चोटि चक्कुले कोरीने कुरा यमदुतहरुले बताउछन। माधवराजलाई फर्केर फेरि नर्क आउनु थिएन त्यसैले सजाय अहिले नै ग्रहण गर्न तयार हुन्छन्। चक्कुको पीडा सहन नसकेर माधवराजले सोध्छन दुतहरु मलाई नर्कको रहर पुग्यो कृपया अब मलाई स्वर्ग लग। म स्वर्ग पनि हेर्न चाहन्छु। दुतहरुले माधवराजलाई स्वर्ग लिएर जान्छन्।
स्वर्ग देखे पछि माधवराज दुतहरुलाई भन्छन् ‘ वा भाइ वा यो कस्तो सुख हो। पृथ्वीको सुख पनि के सुख त्यो भन्दा करोडौं गुना सुख स्वर्गमा रहेछ। माधवराज दुतहरुसंग स्वर्ग घुम्दै गए घुम्दै गए जति पीडा नर्कमा देखेको थिए त्यो भन्दा बढी सुख स्वर्गमा पाए। चारे तिर हरियाली सुगन्ध सबैतिर आहा कति राम्रो स्वर्ग भन्छन् माधवराज। बेलाबेला दुतहरुलाइ सोध्छन् यो के पुन्य काम गरेर स्वर्ग आयो त्यो के गरेर स्वर्ग आयो भन्छन्। दुतहरु यसले यो गरो त्यसले त्यो गरो भन्छन।
अलिकपर माधवराजले देखछन एउटा मानिस रथमा बसेको। रथ दिब्य हारहरुले सजिएको थियो। कल्प बृक्षको हाँगामा कमलमा फुलका गुच्छाहरु झुन्डिएका थिए। वरिपरि बसेका अप्सराहरुले त्यो मानिसको पाउ दबाई रहेका थिए। कसैले उसलाई मिठामिठा भोजनहरु ल्याइदिरहेका थिए। केही अप्सराहरु उसलाई नृत्य देखाइरहेका थिए। छेवैमा रहेका गन्धर्वहरुले उसका लागि सुमधुर संगितमा स्वर्गका गितहरु गाइरहेका थिए। राजकीय सुबिधा पाएर पनि त्यो मानिस निराश देखिन्थ्यो। घरी शिर निहुराएर भुइँ तिर हेर्थ्यो त घरी हात कंचटमा राख्द्त्यो ।
उसको त्यो अजिब हर्कत देखेर माधवराजले दुतहरुलाई सोध्यो। ‘यो मानिस स्वर्गमा भएर पनि किन यस्तो दुखी छ। यसलाई के भयो?’ यमदुतहरुले जवाफ फर्काउन ‘ यसको स्वर्गको समय सकिएर यो चाडै नर्क जादैछ। त्यही नर्कका जाने समय आउदैछ भन्ने सम्झेर यो दुखी भएको हो गुरुजी।’ यमदुतको कुरा सुनेर माधवराज तीन छक्क परे। मनमनै सोचे यो कस्तो माया हो परमात्माको भनी। यमदुतले माधवराजको दुबिधा देखेर उसलाई बुझाउन फेरि थप्छन् ‘ गुरुजी यो हजुरले देख्नु भएको मान्छेले आफ्नो जिवनकालमा धेरै पुन्य गरेको थियो।
त्यसैले यसले स्वर्गको दुर्लभ सुबिधा पाएको छ। तर चाडै यसको कुलमा एउटा कपुत जन्मदैछ जसले चोरी गर्छ, वेश्यागमन गर्छ,जुवा खेल्ने, मदिरापानमा रमाउने अहंकारी जन्मदैछ। त्यो जन्मना साथ यसले गरेको पापको परिणाम स्वरुप यसको स्वर्गको कोटा पूरा भएर नर्क जान्छ गुरुजी। त्यसैले यो दुखी भएको।’ माधवराज झन अचम्ममा पर्छन। ‘अनि यसको पुस्ताले गरेको पापको कर्म यो मान्छेलाई किन लाग्छ त यमदुत।’ माधवराजको प्रश्न सुनेर यमदुतहरु भन्छन् ‘ गुरुजी स्वर्गमा आएर पनि त्यसलाई आफ्नो खानदानप्रतिको आशक्ती मरेको थिएन। जबसम्म कुनै चिजको बासना हुन्छ तबसम्म त त्यो चिजको सुखदुःख भोग्नै पर्छ त्यसैले त्यो मानिसले आफ्नो जिवनमा पुन्य गरेर पनि आफ्नो बंशको पापको फल भोग्न नर्क जानुपर्छ।’ स्वर्ग नर्कको त्यस्तो अनौठो नियम सुनेर पन्डित केही बोल्दैनन्। उनी भन्छन् ‘ सुन यमदुतहरु मैले अब बुझे स्वर्गको सुख पनि केही रैनछ नर्क झन भयंकर छ। अब मलाई यमलोक घुम्नु छैन। मलाई यमराज भएको ठाउँ लग। म अब यमराजसंग बिदा लिएर मृत्युलोक फर्कन्छु।’
यमदुतहरुले जो आज्ञा भनेर माधवराजलाई यमराजको
महलमा लग्छन।
माधवराजलाई फर्केको देखेर यमराजले सोध्छन् ‘ अनि कस्तो भयो त पन्डितजी हजुरको यमलोकको यात्रा?’ आफ्नो अनुभव सुनाउदै माधवराज भन्छन् ‘ प्रभु मैले सबै देखे स्वर्गको सुखको भ्रम पनि हेरे र नर्क पनि देखे। मैले आफुले गरेको पापको फल पनि भोगे। अब मलाई एउटै मन्त्र दिनुहोस्। मेरो आत्मा कहिलै पनि यमलोक नआओस्। मलाई त्यस्तो उपाय भन्नुहोस जस्ले गर्दा म मरेर पनि त्यहाँ आउनु नपरोस्।’ माधवराजको बिन्ती सुनेर यमराज भन्छन् ‘ पन्डित जि ब्रह्माण्डमा अनेक लोक छन्। हजुर बस्ने मृत्युलोक मेरो यो यमलोक देवताहरुको देवलोक ब्रम्हलोक अनि त्रिभुवनपतिको बैकुण्ठलोक छ।’ लोकहरुको बारेमा आम मानिसको मस्तिष्कले बुझन सक्दैन। मरे पछि सबैले आफ्नो कर्म भोग्न यमलोक आउनै पर्छ। तर यमलोक नआउने एउटा उपाय छ।’ त्यो उपाय के हो? यमराज भन्छन्’ एउटै उपाय हो भगवान हरीको नाम जप्ने उंहाको कृतन गाउने सदैव उंहालाई भक्तीभावले आराधना गर्ने। वहाँको भक्तलाई हामी केही गर्न सक्दैनौ। उनीहरुले सिधै बैकुण्ठधामको यात्रा गर्छन्। प्रभुको माया अजिव छ पन्डित जि पृथ्वी त अणु बराबर नि छैन। हजुर हरी नामको जप गर्नुस मुक्ति पाउनुहुनेछ।’
त्यति सुनेपछि माधवराज मुर्छित हुन्छन्। यमदुतहरुले उसलाई फेरि बोकेर उसको घरमा छोड्दिन्छन। बिहान ब्रम्ह मुर्हतमै जागेका माधवराजको दिमागमा स्वर्ग नर्कको सम्झना आउछ। यमराजसंग भेट भएको सम्झन्छन्। कस्तो नराम्रो सपना देखेछु भन्ने सम्झेर उठन खोज्दा उनलाई ढाडमा असाय पीडा हुन्छ। छाम्दा खेरी उनले हातमा रगत देख्छन्। त्यो देखेर उनलाई लाग्छ उनी साच्चै यमलोक पुगेर आएछन। अब मैले आफ्नो पाप नि भोगी सके म फर्केर नि अब जन्म मृत्युको जालमा पर्दिन भनेर हरी भक्ती मै जीवन ब्यतित गर्ने प्रण गर्छन्।