Techie IT
Wednesday, March 12, 2025 | बुधबार, फागुन २८, २०८१
२०८१ फागुन २८, बुधबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रईभीमा लो टु भ्यालु रेसियो घट्दा बिक्रेता कम्पनीहरु मौन,सर्वसाधारण अन्यौलमा

ईभीमा लो टु भ्यालु रेसियो घट्दा बिक्रेता कम्पनीहरु मौन,सर्वसाधारण अन्यौलमा


काठमाडौं । गत साता सार्वजनिक मौद्रिक नीति समीक्षामा राष्ट्र बैंकले विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात ६० प्रतिशत कायम गर्यो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत केन्द्रीय बैंकले सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात लोन टू भ्यालू रेसियो ६० प्रतिशत कायम गरेको हो ।

राष्ट्र बैंकले भनेको छ- व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिनेछ ।

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले केहि ढिला गरि असन्तुष्टि देखायो यता बिक्रेताहरु भने अहिलेसम्म खासै बोलेका छैनन् । बैंकले विद्युतीय सवारी साधनको लोन टू भ्यालू रेसियो परिमार्जन गरेर ८० प्रतिशतबाट ६० प्रतिशतमा सिमित गरेपछि गाडी बिक्रेताभन्दा सर्वसाधारणले बढी चासो देखाइरहेका छन् ।

तर बिवाईडी बिक्रेता साइमेक्स इंक, टाटा बिक्रेता सिप्रदी ट्रेडिङ, दीपल बिक्रेता एमएडब्ल्यू जस्ता स्थापित घरानाहरु मौन रहँदा सर्वसाधारण अन्यौलमा देखिएका छन् । एक व्यापारीका अनुसार चार पाङ्ग्रे ईभी ब्राण्ड मात्रै दुइ दर्जन हाराहारीमा भित्रिसके पनि केन्द्रीय बैंकले लोन टू भ्यालू रेसियोमा गरेको परिमार्जनबारे ति ब्राण्डका बिक्रेता मौन बस्दा यो प्रावधान लामो अवधि जान सक्ने देखिएको छ ।

यता ईभी ल्याएर व्यवसायिक रुपमा चलाउन सुरु गरेको सुन्दर यातायात पनि यसबारे मौन छ । ईभीमा कर बढ्दा सबैभन्दा पहिला बोल्ने सुन्दर यातायात अहिले चुपचाप देखिँदा सर्वसाधारणमा झनै अन्यौल देखिएको छ । चार्जिङ स्टेशनमा विद्युतको डिमाण्ड चार्ज लाग्न नहुने, ट्रान्सफर्मर निःशुल्क दिइनुपर्ने जस्ता माग राखेर ईभीको बजार विस्तारमा सघाएको सुन्दर यातायात अहिले किन चुपचाप छ भन्ने सर्वत्र चासो देखिएको छ । स्वर्णपत्र संवाददाताले सुन्दर यातायातका अध्यक्षसँग कुरा गर्दा यस विषयमा खासै खुलेर बोल्न चाहेनन् ।

अहिले ईभी बिक्रेता घरानाहरु ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने गरि राष्ट्र बैंकले ल्याएको नयाँ प्रावधानमा मौन बस्नुले ईभीप्रति नै शंका उब्जाएको छ । त्यसो त यो विषय ईभी बेचिरहेका कम्पनीहरुले समेत बोल्नुपर्ने विषय हो, तर उनीहरु बोलेका छैनन ।’

यसैबीच, नयाँ ईभी ब्राण्ड ल्याएका केही कम्पनीबाहेक पूराना घरानाहरु सबैले आईसी इन्जिनवाला गाडी पनि बेचिरहेको हुनाले केन्द्रीय बैंकले आईसी इन्जिनको गाडीमा पनि ६० प्रतिशतसम्म फाइनान्सिङ गर्न सक्ने प्रावधान ल्याउँदा खुशी भएर ईभीको लोन टू भ्यालू रेसियो घटाउँदा उनीहरु बोल्न नचाहेको हुन सक्ने कतिपयको बुझाइ छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सरकार र एलपी ग्यास उद्योगीबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ। मंगलबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति

एकैदिन दुई हजारभन्दा बढीले घट्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ एकैदिन दुई हजारभन्दा बढीले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला

पेट्रोलियम पदार्थबाट उठ्यो ३७ अर्ब राजस्व

वीरगञ्ज । चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट रु ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको

मल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सिकोलास्थित मल्टिस्टार बचत तथा ऋण सहकारी संस्थाले बदनियतपूर्वक आफ्ना सदस्यको सेयर बचत तथा

युरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर

काठमाडौं । पछिल्लो समय युरोपका विभिन्न मुलुकमा उच्च शिक्षाको आकर्षण बढिरहेको सन्दर्भमा वेदान्त कन्सलटेन्ट, नयाँ बानेश्वरले ती मुलुकमा जान चाहने

Techie IT