Techie IT
Sunday, April 20, 2025 | शनिबार, वैशाख ७, २०८२
२०८२ वैशाख ७, शनिबार
swarnapatra logo
गृहपृष्ठईभी स्पेशलभारतको अटो मेलामा विद्युतीय गाडीको बर्चस्व

भारतको अटो मेलामा विद्युतीय गाडीको बर्चस्व


काठमाडौँ । नयाँ दिल्लीमा गाडीहरूको कुम्भमेला ‘भारत मोबिलिटी एक्स्पो, २०२५’ शुक्रबाट सुरु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको उक्त मेलाको मुख्य आकर्षण भारतीय बजारमै उत्पादित विद्युतीय सवारी साधन ९ईभी० रहेका छन् । मेलामा टाटा, महिन्द्रा, सुजुकी, हुन्डाई, टोयटा जस्ता स्थानीय उत्पादनका ईभीलाई बढी प्राथमिकता दिइएको छ । यही मेलालाई लक्षित गरेर विभिन्न ब्रान्डका ५० भन्दा बढी गाडी सार्वजनिक भएका छन् ।

सुजुकी पहिलो पटक पूर्णरुपमा विद्युतीय सवारीको बजारमा प्रवेश गरेको छ । यसअघि भिटारा ब्रिजा हाइब्रिड भर्सनमा सार्वजनिक भएको थियो । यो एक्सपोमा सुजुकीले ई–भिटारा ल्याएको छ । यो मारुती सुजुकीको पहिलो विद्युतीय गाडी हो । जसले ५०० किलोमिटर रेन्ज दिने बताइएको छ । जसको मूल्य भारतीय बजारमा १७ लाखदेखि २२ लाख ५० हजारसम्म तोकिएको छ ।

टाटाले ह्यारियर, कर्भ र अभिन्या ईभीका नयाँ मोडल सार्वजनिक गरेको छ । ह्यारियरको सुरुवाती मूल्य २४ लाख, कर्भको १७ लाख ४९ हजार र अभिन्याको ३० लाख रहेको छ ।

महिन्द्राले बीई–६ ई, एक्सयूभी–९ ई एसयूभीलाई प्रदर्शनमा राखेको छ । बीई–६ ई को सुरुवाती मूल्य भारतीय बजारमा १८ लाख ९० हजार छ । त्यस्तै एक्सयूभी–९ ई को मूल्य १ लाख ९० हजारदेखि ३० लाखसम्म तोकिएको छ ।

टोयटाले अर्बन क्रुजर ईभी मोबिलिटी एक्सपोमै सार्वजनिक गरेको छ । जसको सुरुवाती मूल्इ २० लाख छ । मर्सिडिज बेन्जले इलेक्ट्रिफाइड जी वागन सार्वजनिक गरेको छ । प्रिमियम यो गाडीको मूल्य भारतमै करोड माथि छ ।

मोबिलिटी एक्स्पोकै अवसरमा हुन्डाईले आफ्नो लोकप्रिय मोडल क्रेटाको ईभी भर्सन आजै सावर्जनिक गरेको छ । जुन चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । जसको मूल्य १७ लाख ९९ हजारदेखि २३ लाखसम्म तोकिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

नयाँ वर्षसँगै विद्युतीय गाडी खरिदमा अफरैअफर, नामी इभीको सप्ताहव्यापी कार्यक्रम

काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले अप्रिल ५ देखि अप्रिल १२ सम्म

नयाँ वर्षमा हुन्डाई ईभीको विशेष अफर: निःशुल्क बीमादेखि एक्सचेन्ज सुविधासम्म

काठमाडौं । हुन्डाई गाडीको नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको

बीवाईडीले हिडन ट्रेजरलाई दियो डल्फिन मोडलको विद्युतीय गाडी

काठमाडौं । बीवाईडीले आफ्नो डल्फिन मोडलको विद्युतीय गाडी मिस नेपाल आयोजक द हिडन ट्रेजरलाई प्रदान गरेको छ । मंगलबार बीवाईडीको

काठमाडौं उपत्यकाका ४५ ठाउँमा ब्याट्री स्वाप स्टेसन

काठमाडौं । विद्युतीय दुईपाङ्ग्रे सवारी साधनका लागि गोगोरोले काठमाडौं उपत्यकामा ४५ स्थानमा ब्याट्री स्वाप स्टेसन सञ्चालनमा ल्याएको छ । स्मार्ट

विद्युतीय गाडी किन्दा आकर्षक अफर, मूल्यमा भारी छुट

काठमाडौं । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा जारी वाडा अटो शो २०२५ मा आकर्षक अफरसहित विद्युतीय सवारीसाधन प्रदर्शन

Techie IT