Techie IT
Monday, April 21, 2025 | सोमबार, वैशाख ९, २०८२
२०८२ वैशाख ९, सोमबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङकालीकोटमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

कालीकोटमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु


काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

पलाँता गाउँपालिका– ९ थीर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर पलाँता–२ बुडाडाँडा नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ट्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी अन्दाजी २५–२६ वर्षीय अम्बा शाही छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT