Techie IT
२०८१ माघ १७, बिहीबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङसरकारले ‘फास्ट ट्रयाक’बाटै अध्यादेश पारित गर्ने

सरकारले ‘फास्ट ट्रयाक’बाटै अध्यादेश पारित गर्ने


काठमाडौं । सरकारले हालै जारी गरेको अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यही माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा फास्ट ट्रयाकबाट अध्यादेश पारित गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भने, राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद सचिवालयमा दर्ता भएको छ, अध्यादेश कार्यान्वयन गर्न नियमावली बनाउने निर्णय गरेको छ ।

आवश्यकताका आधारमा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै मन्त्री गुरुङले सुशासन प्रवद्र्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरेको स्पष्ट गरे । बैठकले विभिन्न कार्यक्रम गरी ‘सहिद दिवस’ मनाउने समेत निर्णय गरेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विपक्षी दलले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष

आहा ! क्या सुन्दर सैलुङ (तस्वीरहरु)

हिमशृङ्खला अवलोकन र हिउँ खेल्न चाहने जो कोहीको लागि पनि सप्राइजले भरिपूर्ण ३ हजार १४६ मिटर उचाइमा दोलखा र रामेछापको

Techie IT