Techie IT
Monday, April 21, 2025 | सोमबार, वैशाख ९, २०८२
२०८२ वैशाख ९, सोमबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रमनिषा घोरासैनीको पहिलो तीज कोसेली ‘हेर बरै’ सार्वजनिक (भिडियोसहित)

मनिषा घोरासैनीको पहिलो तीज कोसेली ‘हेर बरै’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं । पछिल्लो समय संगीत क्षेत्रमा विभिन्न किसिमका तरङ्गहरु पैदा भइरहेका छन । बजारमा आइरहेका केही गीतले संगीतप्रेमी दर्शक चिन्तित छन भने केही संगीतले उत्साहित छन् । यस्तै दर्शकलाई उत्साहित बनाउने एउटा संगित कोसेली ‘हेर बरै’ नवराज घोरासैनी युटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।

सिन्धुपाल्चोककी मनिषा घोरासैनी र आशा लामाको आवाजमा तयार भएको उक्त गीत हरितालिका तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको हो । नवराज घोरासैनीको लय साथै रेसम सापकोटाको शब्दद्वारा निर्माण भएको गीतको भिडियो सामग्रीमा मनिषा घोरासैनी, महेश उपाध्याय, जेनी क्विन, सोनिका, सपना, सुष्मा,  विष्णु, सुजी,  गुरुप्रसाद आचार्य,  अम्बिका ढुंगाना, सीता घिमिरे, कल्पना राउत,  मिना बनार, उर्मिला भण्डारी, सिर्जना राउत,  पूजा राउत,  सीता घिमिरे नेपाल, राधा दाहाल, लक्ष्मी दाहाल, मिना चौलागाईं लगायतका कलाकारहरुको अभिनय रहेको छ भने भिडियोलाई मिलन श्रेष्ठले निर्देशन छन ।

वर्तमान समयमा समाजमा रहेका पारिवारिक कथावस्तुमा आधारित भएर तयार गरिएको यो गीत मनिषाको पहिलो तीज गित हो । सानै उमेरबाट लोकसंगीत क्षेत्रमा योगदान पुर्याउँदै आफ्नो छुट्टै पहिचान बनाउन सफल मनिषाले ‘हेर बरै’ गीतमार्फत पनि दर्शकको अपार माया पाएकी छिन ।

‘मेरो स्वरमा यो तीजको पहिलो कोसेली हो  । आफूले गर्नसक्ने मेहनतका साथ तयार पारिएको गीत र गीतको भिडियोलाई धेरै दर्शकहरुमार्फत सकारात्मक प्रतिक्रिया पाइरहँदा बेग्लै अनुभुति प्राप्त भएको छ’, उनले भनिन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै

सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर

हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न

काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा

कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा

काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने

चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको…

काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं

Techie IT