भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सव करिब ३ लाख दर्शकले अवलोकन गरेका छन् ।
नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१र०८२ भक्तपुरमा १२ दिनसम्म संचालन भएको थियो ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको आयोजनामा चैत २८ गतेदेखि भक्तपुर सल्लाघारीमा महोत्सव सुरु भएको थियो ।
महोत्सवमा रहेका करिब १ सय स्टल र बाल उधान, मनोरञ्जनका स्थलले २ करोड कारोबार गरेको आयोजकले जानकारी दिएको छ ।
औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु रहेका थिए ।
महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव समापनको अवसरमा वरिष्ठ गीतकार सुवाश चन्द्र ढुंगेललाई नगद रु।५ हजार सहित सम्मान गरिएको छ ।
सिद्दी स्मृति भक्तपुर फुटबल क्लबलाई कदरपत्र सहित सम्मान गरेका छौं, महोत्सवका संयोजक थापाले भने ।