Techie IT
Saturday, April 19, 2025 | शनिबार, वैशाख ७, २०८२
२०८२ वैशाख ७, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रवैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई


काठमाडौं । वैवाहिक बलात्कारमा जिल्ला अदालतबाट दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीले उच्च अदालतबाट सफाई पाएका छन् । वैवाहिक बलात्कार मुद्दामा आइतबार उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।

जिल्ला अदालत काठमाडौंले करिव एक वर्ष अघि गत जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौंले गिरीलाई सात वर्ष कैद सयाज र तीन लाख जरिवानाको सजाय सुनाएको थियो । जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए भने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पनि माग दाबी अनुसार सजायको फैसला नभएको भन्दै उच्च अदालत पाटनमा नै रिट दायर गरेको थियो ।

पुनरावेदन रिटमाथि आइतबार भएको सुनुवाइपछि जिल्लाको आदेश उल्टी गर्दै गिरीलाई सफाइ दिइएको हो । सम्बन्ध विच्छेदपछि पनि पूर्व श्रीमतीलाई सहमति विना यौन सम्बन्ध राखेको भन्दै उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश

अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ ।

Techie IT