काठमाडौं । काठमाडौं महानगरमा कार्यरत कर्मचारी तथा पेशागत संगठनले नगर कार्यपालिकासमक्ष नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गर्नुपर्ने माग राखेका छन् ।
उनीहरुले राखेका ११ बुँदे मागको १ नम्बर बुँदामा राजु पाण्डेको निलम्बन हुनुपर्नेछ ।
केही दिनअघि पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय र कार्यकक्ष छिर्न अवरोध गरेका थिए ।
त्यो दिन महानगर प्रहरी बलका प्रमुख पाण्डे आचरणविपरीत उत्रिएको ठहर गर्दै कर्मचारी संग–संगठनले तत्काल निलम्बनमा राखी छानबिन कार्यलाई सहज बनाउन माग गरिएको छ ।
ज्ञापन पत्रमा स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचाबाबु मलाकार र वातावरण तथा सरसफाइ श्रमिक संघकी अध्यक्ष रमिला पराजुलीले हस्ताक्षर गरेका छन् ।